नेपाली राष्ट्रिय क्रिकेट टोलीको निरन्तर जित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपाली राष्ट्रिय क्रिकेट टोलीको निरन्तर जित


प्रशासन संवाददाता

२३ श्रावण २०७३, आइतबार


काठमाडौं, ३ असार । नेपाली राष्ट्रिय टोलीले बेलायतमा जितको श्रृखंलालाई निरन्तरता दिएको छ । लगातार चौथो जित निकाल्ने क्रममा नेपाली राष्ट्रिय टोलीले गएराती स्थानिय ईष्टब्रोम क्रिकेट क्लबलाई १ सय ८१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

३ सय १ रनको उच्च चुनौती पच्छ्याएको ईष्टब्रोमलाई नेपालले ३ ओभरमा १ सय १९ रनमा समेटेको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर ३ सय रनको उच्च योगफल तयार पारेको थियो ।

बेलायत भ्रमणको अन्तिम अभ्यासमा नेपाली टोलीले भोली सोहि मैदानमा चर्चित मेरि लेवोन क्रिकेट क्लब एमसीसीसंग अभ्यास खेल खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस