Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

तीन महिने कार्ययोजनासँगै नयाँ शक्तिको पाँच लाख सदस्य बिस्तार हुन्छ : पौडेल


प्रशासन संवाददाता

२३ श्रावण २०७३, आइतबार


काठमाडौं, २३ साउन । नयाँ शक्ति नेपालले देशव्यापीरुपमा पार्टी घोषणाको भाव सम्प्रेषण तथा प्रदेश स्तरीय पार्टीको बिस्तारित बैठकहरु सम्पन्न गरेको छ ।

नयाँ शक्ति नेपालका संगठन विभागका प्रमुख देवेन्द्र पौडेलका अनुसार प्रदेश स्तरीय पार्टीको बिस्तारित बैठक तथा भाव सम्प्रेषण कार्यक्रम साउन ३ गते प्रदेश नं. ३ को काठमाडौबाट सुरु भएर साउन २२ गते प्रदेश नं. १ को बिर्तामोडमा सम्पन्न गरिएको हो ।

कार्यक्रम प्रदेश नं. २ को साउन ५ गते जनकपुरमा, प्रदेश नं. ४ को साउन ८ गते पोखरामा, प्रदेश नं. ६ को साउन १२ गते सुर्खेतमा, प्रदेश नं. ७ को साउन १४ गते धनगढीमा सम्पन्न भइसकेको छ । यसैगरी प्रदेश नं. ५ को साउन १६ गते दाङको घोराही पनि पार्टी घोषणा तथा भाव सम्प्रेषण कार्यक्रम सम्पन्न भइसकेको संगठन विभाग प्रमुख पौडेलले जानकारी दिए ।

‘सात वटै प्रदेशमा भव्यतापूर्वक कार्यक्रमहरु सम्पन्न भइसकेका छन् र देशभित्रका ७५ वटै जिल्लाहरु र प्रवासमा २४ वटा देशमा संगठनको सञ्जाल निर्माण भइसकेको छ,’ नेता पौडेलले भने, ‘अब हामी गाविस, नगरपालिका, वडा हुँदै टोलटोलसम्म संगठन बिस्तारमा अगाडि बढ्छौं ।’

पौडेलले सात वटै प्रदेश र प्रवास प्रादेशिक समितिको बैठकले टोलटोलसम्म संगठन बिस्तार गर्ने कार्यक्रम बनाएको जानकारी दिए । उनले अहिले जारी तीन महिने योजनाकै समयावधिभित्र ५ लाख पार्टी सदस्य बनाउने योजनाका साथ अगाडि बढ्न लागिएको जानकारी दिए । यसअघि सम्पन्न नयाँ शक्तिको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले साउनदेखि असोजसम्मको तीन महिने कार्ययोजना तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस