डोटीमा हतियारसहित एक सेना फरार « प्रशासन
Logo ६ आश्विन २०७८, बुधबार
   

डोटीमा हतियारसहित एक सेना फरार


प्रशासन संवाददाता

२३ श्रावण २०७३, आइतबार


डोटी, २३ साउन । नेपाली सेनाको सुदूरपश्चि स्थित सुदूरपश्चिम क्षेत्रिय पृतना कार्यालय राजपुरबाट हतियारसहित सुरक्षाकर्मी फरार भएका छन् ।

शुक्रबार राति हतियारसहित नेपाली सेनाका एकजना ब्यक्ती फराहर भएपछी प्रहरी मार्फ सबै जिल्लामा खोजीकार्यका लागी निर्देशन दिएको छ । डोटी डडेल्धुरा र अछाम जिल्लामा चल्ने लामो तथा छोटो दुरीका यायातका साधन माथी प्रहरी र नेपाली सेनाको टोलीले कडा चेक जाँच गरिरहेको छ ।

शुक्रबार राती सदुरपश्चिमा अञ्चल विकास क्षेत्रको क्षेत्रिय सदरमुकाम राजपुरमा रहेको पृतना कार्यालय भित्र रहेको खरखजनाको स्टोर रुमका झ्याल ढोका तोडिएको अवस्थामा रहेको थियो । झ्याल ढोका तोडिएको देखेपछी अनुसन्धान गर्दा हतियार सहित लगेर फरार भएको पत्ता लागेको छ ।

फरार व्यक्तिको खोजी भइरहेको सेनाले जनाएको छ । मुख्य सडकमा गुड्ने यातायातका साधनहरुमा प्रहरी र नेपाली सेनाले कडा निगरानी गरिरहेका छन् । सुदूरपश्चिम पृतनापती बिनोद कुमार श्रेष्ठ विदेश भ्रमणमा रहेकाले तेघरी ब्यारेक कैलालीका प्रमुख रामशरण कार्की निमित्त पृतनापती रहेका छन् । कैलालीमै रहेका उनी घटनापछि डोटी पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस