Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आज नाग पञ्चमी, नागपूजा गरी मनाइँदै


प्रशासन संवाददाता

२३ श्रावण २०७३, आइतबार


काठमाडौं, २३ साउन । आज देशरभर नागपञ्चमी नागपूजा गरी मनाइँदैछ । भाद्र शुक्ल पक्षका दिन घरघरमा नागको तस्बिर टाँसेर नागपञ्चमी मनाउने गरिन्छ ।

अनन्त, वासुकी, शेषनाग, पद्मनाभ, शङ्खपाल, तक्षक, कालीक र धृतराष्ट्र नामका अष्ट नागको चित्र वा यी नागको संस्मरणमा कपासको नाग बनाई पूजन गर्ने र घरको मूलढोकामा चित्र टाँस गरेर पूजा गर्ने प्रचलन छ । आजको दिन नागको पूजा गरेमा वर्षभर नाग (सर्प) र विषको भय हुन्न भन्ने जनविश्वास छ ।

काठमाडौँमा भचाखुसीमा रहेको घोडेनाग, सुन्धाराको टुँडिखेल छेउ रहेको मीननाग, गल्कोपाखाबाट दक्षिण ठमेलमा रहेको हरिनाग र इटुम्बहालमा रहेको जलनागमा पूजा गर्दा नागदोष हट्ने जनविश्वास छ ।

नक्सालस्थित नागपोखरी, पशुपतिनाथका आभूषण वासुकी नाग, काठमाडौँको नागदह, दहचोक, भृङ्गारेश्वर महादेव सुनाकोठीमा नारायण सयन गरेको शेषनागलगायतका स्थानमा धार्मिक उत्सव आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस