२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको घोडा

अ+ अ-

काठमाडौँ । घोडा अर्थात् मानिसको नजिक भएको सबैभन्दा प्राचीन स्तनधारी घरपालुवा जनावर !

परापूर्वकालमा सामान्यतया यातायातका साधन तथा मनोरञ्जनका लागि प्रयोग हुँदै आएको घोडाको महत्त्व यतिमै सीमित छैन । स्वाभिभक्त र शक्तिशालीको प्रतीक घोडाको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक महत्त्वसँगै सैनिकसँगको सम्बन्ध पनि उत्तिकै रहँदै आएको छ ।

विश्वका हरेक देशका सैनिकले घोडाको प्रयोग गर्दै आएका छन् भने नेपाली सेनामा पनि घोडचढीको इतिहास निकै पुरानो छ ।

विभिन्न अभिलेख अनुशार पाँचौँ शताब्दीदेखि नै घोडचढी सैनिक भएको भेटिन्छ । सन् १८४८ मा प्रधानमन्त्री जंगबहादुर राजा सुरेन्द्रसँग सिकार खेल्न जाँदा तीन सय घोडचढी सैनिक लगेकोदेखि १८५७ को पहिलो भारतीय स्वतन्त्रता संग्राममा कर्नेल पहलमानसिंह बस्नेतको नेतृत्वमा नेपाली अश्वसेनाले भारतलाई सघाएको इतिहास भेटिन्छ ।

आधिकारिक रूपमा १९०६ मङ्सिर ७ देखि तत्कालीन राजा सुरेन्द्रविक्रम शाह तथा प्रधानमन्त्री जंगबहादुरको पालामा नेपाली सेनाभित्र अश्वसेना(घोडचढी सैनिक) दल नै स्थापना गरी ‘रिसल्ला घोडचढी सैनिक’ बाट सुरुवात भएको पाइन्छ ।

रिसल्लाबाट सुरु भएको घोडचढी सैनिक हाल नेपाल क्याभलरीसम्म आई पुगेको छ । यही क्याभलरीमा रहेका तालिम प्राप्त घोडाहरू नै विभिन्न प्रयोजनका लागि प्रयोग हुँदै आएका छन् । सेना दिवस तथा महाशिवरात्री, घोडे जात्रा, राष्ट्राध्यक्ष एवं विदेशी राष्ट्र प्रमुखका औपचारिक कार्यक्रम तथा विदेशी राजदूतबाट ओहोदाको प्रमाणपत्र पेस कार्यक्रममा प्रयोग गरिँदै आएको छ ।

हाल नेपाल क्याभिलरीसँग एक सय बढी घोडा रहेका छन् ।

सेनासँग अनिवार्य जस्तै मानिएको घोडाको प्रयोग नेपाली सेनामा पनि परापूर्वकालदेखि नै गरिँदै आएको सैनिक प्रवक्त्ता तथा सहायक रथी गोकुल भण्डारी बताउँछन् ।

‘युद्ध मात्र होइन, शान्ति र सभ्यताका लागि पनि विश्वमा घोडाको प्रयोग भएको देखिन्छ,’ भण्डारीले भने, ‘नेपाली सेनामा त परम्परागत संस्कृतिको गजेर्ना गर्नेदेखि हाल महत्त्वपूर्ण राष्ट्रिय सभा समारोहमा घोडाको प्रयोग हुँदै आएको छ ।’

संस्कृति र सभ्यताको जगेर्नादेखि आधुनिक युगसम्मै बहुउपयोगी घोडाको उत्पादन सेना आफैले गर्दै आएको छ । नेपाली सेनालाई आवश्यक पर्ने घोडा आफै उत्पादन गर्ने उद्येश्य अनुसार नेपालमा पहिलो पटक २०४१ पुस १४ गते सैनिक इक्वाइन बृडिङ सेन्टर(घोडा प्रजनन् केन्द्र)को स्थापना भएको हो । जहाँ हाल विभिन्न जातका गरी ४८ वटा पोथी र २५ वटा भाले गरी ७३ वटा घोडा र गधा रहेका छन् । केन्द्रले स्थापनाको ३४ वर्षपछि पहिलो पटक यसैवर्ष १९ वटा घोडी सुत्केरी गराउँदै छ ।

भारत, पाकिस्तान, अस्ट्रेलियालगायतका देशहरूबाट विभिन्न जातका घोडा ल्याइ प्रजनन गराउँदै आएको केन्द्रले नेपालका रैथाने जातका घोडाहरूसमेत संरक्षण गर्दै आएको छ । नेपालको हिमाली भेक(मनाङ र मुस्ताङ)मा पाइने पोनी जातका साना घोडाहरू पनि केन्द्रमा रहेका छन् ।

केन्द्रमा रहेका घोडाहरूमध्ये केही उपहारबाट प्राप्त भएका घोडा रहेका छन् । पछिल्लो समय २ चैत २०७४ मा मात्रै शिवरात्रीको पूर्वसध्यामा भारतले विभिन्न जातका ७ वटा घोडा नेपाली सेनालाई उपहार स्वरूप प्रदान गरेको थियो । जसमध्ये प्रियांका, श्वेयता, संगिना, आँचल, तेरिया गरी पाँच वटा पोथीहरू केन्द्रमै रहेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा प्रयोग गर्नका लागि तालिमप्राप्त घोडा तयार गर्न त्यति सहज भने पक्कै छैन । दानादेखि वासस्थान लगायत उपचार तथा तालिमसम्मका चरण पार गर्न कैयू सैनिक अहोरात्र खट्दै आएका छन् ।

२८ विगाहा क्षेत्रफल रहेको केन्द्रमा हाल ६४ जना सैनिक जनशक्ति कार्यरत छन् ।

केन्द्रमा उत्पादन गरेका घोडाघोडीहरू तालिमका लागि नेपाल क्याभिलरीमा पठाइन्छ । ११ महिनाको गर्भाधान पछि ६ महिनासम्म बच्चाले घोडीको दूध खान्छ । पूर्णरुपमा तयार गर्न तीन वर्ष लाग्छ ।

चितवनस्थित प्रजनन केन्द्रमा रहेका हरेक घोडाहरूका लागि छुट्टाछुट्टै वासस्थानको व्यवस्था मिलाइएको छ । भाले र पोथी घोडालाई राख्ने छुट्टा छुट्टै तबेलासँगै अशक्त र बिरामीका लागि पनि छुट्टै राखिँदै आएको छ ।

गर्भवती घोडाका लागि भने चिकित्सकसहितको विशेष निगरानीमा राखिन्छ । आहारदेखि नियमित चेकजाँचसम्ममा विशेष ख्याल पुर्‍याउनु पर्ने सैनिक प्राविधिक बताउँछन् ।

डफ्ट र लाइट गरी दुई किसिमको घोडाहरूमध्ये पहिलो प्रजातिको घोडाले गाडा तथा बग्गी तान्न प्रयोग गरिन्छ भने लाइट हर्स घोडचडीका लागि प्रयोग गरिन्छ । सेनाले घोडेजात्रामा प्रयोग गर्दै आइरहेका घोडा नेपाली जातकै धेरै रहेका छन् ।

नेपाली सेनाका लागि हरेक वर्ष २५ घोडाको माग रहेपनि केन्द्रले १५ वटा सम्म उपलब्ध गराउँदै आएको छ ।

५ देखि ७ वर्षको अन्तरालमा फरक फार्मबाट प्रजननका लागि घोडा ल्याउनु पर्ने भए पनि नेपालमा अन्य घोडा उत्पादन केन्द्र नभएकाले भारत, पाकिस्तान, अष्टेलियालगायतका देशहरूबाट आपूर्ति गरिँदै आएको छ ।

हरेक वर्ष उत्पादन बढाउँदै लैजाने लक्ष राखेको केन्द्रमा हाल ७ वटा मात्रै बच्चा उत्पादन गर्न सक्ने भाले घोडाहरू रहेका छन् । माग अनुसारको आपूर्ति गर्न केन्द्र सक्षम रहेपछि घोडाघोडीको अप्रयाप्तताले केही कठिनाइ भएको अधिकारीहरूको भनाई छ ।

हरेक देशका सेनासँग हुने घोडा अनिवार्य जस्तै मानिन्छ । सेनाको समृद्धिसँगसमेत मापन गरिने भएकोले पनि कम्तीमा हालको आवश्यकतालाईसम्म पुरा गर्नेतर्फ ध्यान दिन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस