२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध र नगदसहित तीन पक्राउ

अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले लागुऔषध र विभिन्न देशका नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले लागुऔषध र विभिन्न देशका नगद लिएर हिँडिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट धापासीका ३० वर्षीय तीर्थराज उपाध्याय, बौद्धका ३५ वर्षीय धर्मराज लामा र पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्कीलाई आज बिहान पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बा ७७ प ९९०६ र बा ९२ प १८२० नं का स्कुटर चेकजाँचका क्रममा १० किलोग्राम ब्राउनसुगर, १० ग्राम चरेश, २ थान चक्कु र लागुऔषध सेवन गर्न प्रयोग हुने विभिन्न सामग्रीसमेत फेला पारिएको छ ।

पक्राउ परेकासँग प्रहरीले रु ४ लाख ७३ हजार १०० नेपाली रुपैँया, एक हजार ४०० भारतीय रुपैया, २० अमेरिकन डलर, नेपाल बैँक लिमिटेडको नाममा रहेको रु १ लाख नगदको चेक र डिजिटल क्यामरा एक थानसमेत बरामद गरेको छ ।

यसैगरी, महानगरीय प्रहरी प्रभाग साँखुले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले २ किलो गाँजा लिएर हिँडिरहेको अवस्थामा शङ्करापुर नगरपालिका–४ का ४५ वर्षीय तुनुक दोर्जे लामालाई आइतबार राति पक्राउ गरेको हो । पक्राउ परेकाको आवश्यक अनुसन्धान भइरहेको प्रभागले जनाएको छ ।