२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हात मिलाएर मात्रै पार्टी एकता हुँदैन : नेता पौडेल

अ+ अ-

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २ नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने बताएका छन् ।

कांग्रेस बन्दीपुर गाउँपालिका–१ ले आज नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र आफूले हात मिलाउँदैमा पार्टीमा एकता भएको भन्न नमिल्ने बताए ।

उनले न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनले मात्रै पार्टीमा एकता हुनेमा जोड दिनुभयो । नेता पौडेलले आफूले एजेण्डामा आधारित भएर एकता चाहेको चर्चा गर्दै विधानमा एकता गर्न सकिने धारणा व्यक्त गरे । उनले भने, ‘पार्टीमा क्यालेण्डरअनुसार काम गरौँ, त्यसमा एकता हुन्छ एजेण्डामा आधारित भएर काम गरौँ, त्यसमा एकता हुन्छ, देखाउनका लागि मात्रै नक्कली एकता काम छैन ।’

उनले पार्टीमा गलत काम भएपछि विरोध हुनु स्वभाविक भएको भन्दै सभापतिले समग्र पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए । सभापति पार्टीका कार्यकर्ताको भावनाअनुसार चल्न नसकेका कारण आफूले सभापति विरुद्ध आवाज उठाउनु परेको उनको भनाइ थियो ।

कांग्रेस सदनमा हराएको जस्तो देखिएको उल्लेख गर्दै पौडेलले सरकारलाई खबरदारी गर्न समेत प्रतिपक्षीले नसकेको बताए ।

कार्यक्रममा महासमिति सदस्य रामचन्द्र अधिकारी, महाधिवेशन प्रतिनिधि दिपक भट्टराई र मानकाजी श्रेष्ठ, क्षेत्रीय संयोजक सहदेव अधिकारी, बन्दिपुर गाउँपालिका सभापति कर्णबहादुर खत्री, वडा नम्बर १ का सभापति रेशमबहादुर थापा लगायतले पार्टीमा गुटबन्दी अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।