२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैनिकी परिवर्तसँगै मधुमेहका रोगी बढ्दै

अ+ अ-

काठमाडौं । मानिसको दैनिकीमा आएको परिवर्तसँगै पछिल्ला दिनमा मधुमेह (डायबिटिज) रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको चिकित्सकले औँल्याएका छन् ।

विशेषगरी शहरी क्षेत्रमा मदिरापान, धुम्रपान, चिल्लोपन तथा रातो मासुको प्रयोगले मधुमेह रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । शरीरको मोटोपनका कारण मुटु रोग तथा मधुमेहको जोखिम उच्च रहेको उनीहरुले जनाएका छन् ।

डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एशोसिएशन अफ नेपाल र सिनर्जी कर्पोरेशनद्वारा संयुक्तरुपमा मधुमेह रोगसम्बन्धी आज यहाँ आयोजित ‘मधुमेह रोग’सम्बन्धी छलफलमा चिकित्सकले मधुमेह रोग नियन्त्रणका लागि सरकारले विशेष कार्ययोजना ल्याउन मागसमेत गरे ।

मधुमेह रोग विज्ञ डा. ज्योति भट्टराईले शहरी बासिन्दामा मधुमेह रोग बढ्दो क्रममा रहेको, मधुमेह नियन्त्रणका लागि नियमित औषधि प्रयोग गर्नेको सङ्ख्यासमेत वृद्धि भइराखेको चर्चा गर्दै मधुमेह रोगका बारेमा जनचेना कार्यक्रम आवश्यक रहेकामा जोड दिए ।

एशोसिएशनका अध्यक्ष डा. दीना श्रेष्ठले मधुमेह रोग नियन्त्रण गर्न विभिन्न किसिमका औषधि उपलब्ध रहेको जानकारी दिँदै चिकित्सकको उचित सल्लाहले मात्र अ‍ैषधिको प्रयोग गर्न सुझाव दिए । रोग नै नलाग्न दिन मानिसले उचित आहारविहारमा ध्यान दिन र दैनिक व्यायाम गर्नुपर्नेमा उनको जोड छ । डा.श्रेष्ठले अधिक चिल्लोपना भएका खाना नखाने र नियमित व्यायाम गरेर नियमित चिकित्सकसँग परामर्श गरेमा यो रोग नै लाग्न नदिने सजिलो उपाय भएको उल्लेख गरे ।

अर्का मधुमेह रोग विज्ञ डा. अमित शाक्यले चिल्लोपना भएका खाना कम खाने, नियमिति अभ्यास गर्ने, धुम्रपान तथा मदिरापान सेवन नगर्नाले मधुमेह रोगको जोखिम कम हुने बताए । उनले भने, ‘पछिल्लो समय मधुमेह रोग नियन्त्रणका लागि एम्पाग्लिफ्लोजिन अति प्रभावकारी देखिएको छ । ‘छलफलमा मधुमेहको उपचारका लागि उपलब्ध रहेको अत्याधुनिक औषधिमध्ये एम्पाग्लिफ्लोजिनको प्रयोग र यसको प्रभाव बारेमा समेत छलफल गरिएको थियो ।