प्रहरी प्रभागमा गोली चल्यो, प्रहरी जवान घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रहरी प्रभागमा गोली चल्यो, प्रहरी जवान घाइते


प्रशासन संवाददाता

७ पुस २०७५, शनिबार


काठमाडौं । ललितपुरको लाँकुरी भञ्ज्याङ प्रहरी प्रभागमा गोली चलेको छ।

गोली लागेर प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका छन्। उनको दायाँ गालाबाट लागेको गोली बायाँतर्फबाट निस्केको छ। घाइतेलाई प्रहरी अस्पताल महाराजगन्ज लगिएको छ।

गोली अनलोड गर्ने क्रममा गएराति प्रभागका इन्चार्ज असई रमेश तामाङको पेस्तोलबाट असावधानीवश गोली चलेको अनुमान गरिए पनि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

असई तामाङलाई नियन्त्रणमा लिई सातदोबाटो वृत्तमा राखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस