२२ वर्षीय युवा तीन दिनदेखि बेपत्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

२२ वर्षीय युवा तीन दिनदेखि बेपत्ता


२७ मंसिर २०७५, बिहिबार


बालक बेपत्ता

गलकोट। बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ युवा मनबहादुर थापा तीन दिनदेखि बेपत्ता भएका छन् ।

काठेखोला–४ साविक तङ्ग्राम गाविस–६ साँकोट घर भई हाल काठेखोला–१ अक्षेते बस्ने २२ वर्षीय उनी मङगलबार बिहानदेखि बेपत्ता भएको परिवारले जनाएको छ ।

केही समयदेखि मानसिक समस्या भएर घरमै बसी उपचार गराइरहेका उनी मङ्गलबार बिहान ९ बजेतिर बागलुङ बजार जाने भनी घरबाट निस्केपछि सम्पर्कविहीन भएको बाबु नन्दे थापाले बताए ।

खैरो कोट, कालो पाइन्ट र कालो जुत्ता लगाएर घरबाट निस्केपछि परिवार र आफन्तको सम्पर्कमा नआएकाले प्रहरीलाई जानकारी गराएर खोज्दा पनि फेला पार्न नसकिएको उनका आफन्त मनिष थापाले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस