काठमाडौं । नेपालका ३५ दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थामा ज्यान जोखिममा रहेका महिलाहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिने भएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि हवाई उद्यार सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत भएसँगै नेपाली सेनाको हेलिकप्टर चार्टर भाडामा लिई उद्धार गरिने भएको हो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ३३ जिल्लामा कार्यक्रम लागू गर्ने गरी ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यविधि’ मस्यौदा तयार पारेको हो।
उक्त जानकारीको सहजीकरणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै महानगरपालिका, उप–उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई परिपत्र जारी गरेको छ ।
हेर्नुहोस् कार्यक्रम सञ्चालन हुने जिल्ला र हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५







