२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इपिएल : विराटनगर वारियर्सद्धारा पोखरा पराजित

अ+ अ-

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई सुपरओभरमा पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले विराटनगरलाई ८५ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा विराटनगर १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमा समेटिएपछि खेल सुपरओभरमा गएको थियो ।

सुपरओभरमा विराटनगरले २० रन जोड्दै पोखरालाई २१ रनको लक्ष्य दिएको थियो । जवाफमा पोखरा १३ रनमा सीमित भयो । विराटनगरको लागि करण केसीले २० रन जोडे । सुपरओभरमा जानु अघि विराटनगरका लागि आसिफ शेखले सर्वाधिक १९ रनको योगदान दिएका थिए भने करण केसीले १५, रोबिन क्षेत्री र हरि चौहानले समान १२/१२, भान डेर मेर्वीले ११ तथा कप्तान पारस खड्काले एक रन जोडेका थिए ।

पोखराका विपीन खत्रीले तीन तथा सुसन भारी, विक्रम सोब र पाउल कलीनले समान २/२ विकेट झारे । त्यसअघि पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८४ रनको योगफल बनाएको थियो । पोखराले १९ रन जोड्दा चार विकेट गुमाएको थियो ।

पोखराका पाउल कलीनले सर्वाधिक २० रन जोडे भने राजेश पुलामी मगरले १७, रिचर्ड लेभी तीन तथा कप्तान कोएट्जरले चार रन जोडे । विराटनगरका पाउल भान मिकेरिनले तीन तथा भान डेर मेर्वीले २ विकेट लिए । जितसँगै विराटनगरले २ खेलबाट ४ अङ्क जोडेको छ । विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो ।

लगातार तेस्रो हार बेहोरेको पोखरा दोस्रो चरणमा पुग्ने सम्भावना न्यू हुँदै गएको छ । पोखरा पहिलो खेलमा भैरहवा र दोस्रो खेलमा ललितपुरसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस