मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु


२३ मंसिर २०७५, आइतबार


बस दुर्घटना

इलाम । फाकफोकथुम गाउँपालिका–४ फूएतप्पामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

गए राति इलाम–पाँचथरको सीमावर्ती रविबजारबाट घरतर्फ फर्कने क्रममा को१प ३३३९ नं.को मोटरसाइककलले ठक्कर दिँदा फाकफोकथुम गाउँपालिका–३ आमचोकका ८३ वर्षीय बीर्खबहादुर लकान्द्रीको मृत्यु भएको हो ।

लकान्द्रीलनई घटनापश्चात उपचारका लागि रबिस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो ।उनको त्यहाँ उपचार हुन नसक्दा झाम्पाको विर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।

बृद्धलाई ठक्कर दिने मोटरसाइकल चालक वसन्त मगरलाई विर्तामोड इलाका प्रहरी कार्यालयले राति नै नियन्त्रणमा लिएको प्रहरीले जानएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस