२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा आयोगको स्वच्छता र पवित्रतामा असर पर्न दिइने छैन -प्रवक्त्ता शर्मा

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले भ्रष्ट र गलत मनोवृत्तिका दक्ष/विज्ञको क्रियाकलापबाट आयोगको स्वच्छता र पवित्रतामा कुनै असर पर्न नदिइने जनाएको छ ।

आयोगको पोखरा कार्यालयको अहेव पदका लागि लिइएको अन्तर्वार्तामा बोलाईका दक्ष विज्ञका रुपमा बोलाइएका सहसचिव डा. तारानाथ पौडेललाइ एक लाख घुससहित अख्तियारले पक्राउ गरेको विषयलाई लिएर लोक सेवा आयोगले एक विज्ञप्ति प्रकाशित गर्दै आयोगको काम, कर्तव्य र कारबाही बारे कुनै भ्रममा नपर्न अनुरोध गरेको हो ।

आयोगले लोकसेवा आयोग पोखरा कार्यालयबाट मंसिर ९ गते लिइएको अहेब पदको अन्तर्वार्ता रद्द भएको जनाएको छ । अन्तर्वार्तामा सहभागी स्वास्थ्य मन्त्रालयका ११ औँ तहका डा. तारानाथ पौडेलले पास गराइदिने भन्दै केही परीक्षार्थीबाट घुस लिएको पाइएपछि आयोगले सो मंसिर ९ गते लिइएको अन्तर्वार्ता रद्द गरेको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका प्रमुख डा. पौडेललाई अख्तियारको टोलीले गत आइतबार पोखराबाट एक लाख घुससहित पक्राउ गरेको थियो ।

लोक सेवा आयोग केन्द्रीय कार्यालयका सहसचिव एवं प्रवक्ता किरण कुमार शर्माका अनुसार अब छुट्टै अन्तर्वार्ता समिति बनाएर पुनः अन्तर्वार्ता लिइने छ र परीक्षाफल प्रकाशित गरिने छ ।

डा. पौडेललाई घुससहित अख्तियारले नियन्त्रणमा लिएसँगै आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली र सचिव महेन्द्रप्रसाद गुरागाईँ निरीक्षणका लागि पोखरा गएका थिए ।

आयोगले लोक सेवा आयोग पोखरा कार्यालयले निष्पक्षता तथा गोपनीयता कायम गर्न अवलम्बन गर्नुपर्ने सबै विधि र प्रक्रिया अवलम्बन गरेको देखिए पनि उक्त दिन उपस्थित सबै उम्मेदवारलाई छुट्टै अन्तर्वार्ता समिति गठन गरी अन्तर्वार्ता लिने र सोको आधारमा नतिजा प्रकाशन गर्न आयोगको पोखरा कार्यालयलाई निर्देशन दिएको प्रवक्त्ता शर्माले बताएका छन् ।

हेर्नुहोस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस