काठमाडौं । भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले सफाइ पाएका छन् ।
बिहीबार सर्वोच्च अदालतमा न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै बोहरालाई सफाइ दिने फैसला गरेको हो ।