२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माछापालनबाट मनग्य आम्दानी गर्दै सुरज तामाङ

अ+ अ-

बनेपा । पनौती नगरपालिका–१ रयाले मानेदोभानका सुरज तामाङले ट्राउट माछापालन गरी मनग्य आम्दानी गर्दै आइका छन्।

वैदेशिक रोजगारीबाट फर्केका तामाङले गाउँमै व्यवसाय गर्न थालेका हुन् । एक दशक अघि तामाङ गाउँकै मानेदोभान बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित ट्राउट माछापालनमा काम गर्थे । अहिले तामाङ आफैँले सहकारी संस्थालाई वार्षिकरूपमा रकम बुझाउने गरी माछापालन गरिरहेका छन् । ‘यहाँ काम गर्न सकेमा विदेशको जतिकै कमाउन सकिन्छ,’ उनले भने, अहिले हप्तामा ७० देखि ८० किलोसम्म माछा बिक्री हुन्छ । बाह्रैमास माछा उत्पादन तथा बिक्री हुनेगरेको छ ।

‘मासिक रु चार लाखदेखि रु पाँच लाखसम्म आम्दानी हुन्छ,’ तामाङले भने । तामाङले मलेसियामा दुई वर्ष तथा कोरियामा झण्डै पाँच वर्ष काम गरे । तामाङले गाउँमै होटल व्यवसायसमेत सञ्चालन गरेका छन् । माछा बिक्री गर्न होटल सञ्चालन गरेको तामाङले बताए । ‘माछा होटलमै पकाएर खानेको सङ्ख्या बढ्दै गएको छ’, उनले भने । माछा प्रतिकिलो रु एक हजार ३०० का दरले बिक्री हुन्छ । सो काममा उनका दाजुले सघाउँदै आएका छन् ।’वार्षिक साढे दुई टन माछा उत्पादन हुन्छ,’ तामाङले भने, ‘झण्डै पाँच टनको माग आउँछ, यहाँको उत्पादनले पाँच महीना धान्छ ।’ उनले ६ पोखरीमा माछापालन गर्दै आएका छन् ।

यहाँको उत्पादन काठमाडौंमा समेत बिक्री हुने गरेको छ । माछाका भुरा नुवाकोट, मेलम्ची र ललितपुरको ठोस्ने खोलाबाट ल्याउने गरेको तामाङले बताए । माछाको एउटा भुराको मूल्य रु १५ देखि रु २० पर्छ । मानेदोभान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्यामहरि सापकोटा संस्थालाई तामाङले वार्षिक रु दुई लाख ८० हजार बुझाउने गरेको बताउछन् ।