२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा ‘छक्का पन्जा ३’ ले तहल्का मच्चायो !

अ+ अ-

अमेरिका । नेपाली बक्स अफिसमा सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको ‘छक्का पन्जा ३’ले अमेरिकामा नयाँ  रेकर्ड बनाएको छ ।

अमेरिका र अष्ट्रेलियालाई नेपाली चलचित्रका लागि सबैभन्दा शक्तिशाली बजार मानिन्छ । अमेरिकाको डालस टेक्सासमा यो चलचित्रले लगातार १ महिना प्रदर्शन हुने चलचित्रको रेकर्ड बनाएको छ । यसअघि ‘छक्का पन्जा, छक्का पन्जा २ र लुट २’ ३ सातापछि नियमित प्रदर्शन भएका थिए । यो चलचित्रको डालसमा अहिलेसम्म ६४ शो सफल प्रदर्शन भैसकेको छ ।

अझै पनि चलचित्रको प्रदर्शन जारी रहेको छ । नेपालमा १६ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दिपकराज गिरी र दीपाश्री निरौलाको साथमा चलचित्रमा केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, वुद्दि तामाङ, निर शाह, अनुराग कुँवर लगायतका कलाकारको मुख्य भूमिका  रहेको छ ।