लागुऔषधसहित तीन पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लागुऔषधसहित तीन पक्राउ


३० आश्विन २०७५, मंगलबार


गौशाला । लागुआषधसहित महोत्तरीमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्सी गाउँपालिका–२ बस्ने सफिलउल रहमान र पिपरा गाउँपालिका–६ बस्ने श्रवणकुमार मण्डल र राममिलन मण्डल रहेका छन् ।

प्रहरीका अनुसार प्रहरीले सोमबार भारतबाट अवैध रुपमा लुकाई छिपाई लागुऔषध बोकेर नेपाल आएका तीनै जनालाई चेक जाँच गर्ने क्रममा नाइटोभेट ट्याब्लेट २२५, स्पास्मो प्रोक्सिभन ट्याब्लेट ९६, डाइजेपाम इन्जेक्सन ३०, नुफिन इन्जेक्सन ३० र फेनेजाम इन्जेक्सन ३० थान लागुऔषधसहित पक्राउ गरिएका हुन् ।

पक्राउ परेका तीनै जनामाथि लागुऔषध ओसारपसार मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस