गजल
यता गर्छ छोरा कुरामात्र चर्को
उता खिन्न आमा नपाएर बर्को
सधै व्यस्त हुन्थे रमी सिर्जनामा
यहाँ पेट पाल्ने समस्या छ अर्को
कहाँ पढ्छ मान्छे सबैका कहानी
कुनै चाख राख्ने, कुनै मान्छ झर्को
छ यो राज्य अन्धो र लाचार मात्र
सधै देश छाड्ने युवाको छ लर्को
मिली बूँद पानी नदी बन्छ साँच्चै
कहा चित्र बन्ला नतानेर धर्को
लगइन गर्नुहोस्
प्रतिक्रिया दिनको लागि कृपया लगइन गर्नुहोस् ।
0 Comments







