२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५९ दरबन्दीमा नौ कर्मचारी

अ+ अ-

इलाम । माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन् । नगरमा दरबन्दीको एक तिहाइ कर्मचारी मात्र कार्यरत रहँदा कार्यालय समयमा काम नहुने, पटक–पटक नगरपालिका धाउनुपर्ने समस्या पर्ने गरेको छ ।

कर्मचारी अभावपछि पशु प्राविधिकले समेत वडा सचिवको कार्यभार सम्हाल्दैछन् । नगर प्रमुख दीपककुमार थेवेका अनुसार नगरमा तीन वटा वडामा सब ओभरसियरले काम गरेका छन् । नगरका अरू वडामा समेत वडा सचिव नहुँदा कतै एउटै कर्मचारीले धेरैतिर सम्हाल्नुपर्ने छ भने कतै महिला विकासका कर्मचारीले वडा सचिवको काम गर्नुपर्ने स्थिति छ ।

“कर्मचारी एकदमै अभाव भएपछि एउटै कर्मचारीले तीनतिर काम गर्दै छन् । नगरको वडा नं ९, १० र नगरपालिकामा समेत एकैजना कर्मचारीले काम गर्नुपर्ने अवस्था छ”, नगर उपप्रमुख विष्णुमाया रिमालले भनिन्, “नगरपालिकासित कर्मचारी राख्ने स्थानीय स्रोत पनि छैन । धेरैतिर कर्मचारी माग पनि ग¥यौँ तर कतैबाट पहल भएन ।” रिमालका अनुसार कार्यालयमा दरबन्दीभन्दा एक चौथाइ कम मात्र स्थायी दरबन्दीका कर्मचारी नगरमा छन् । नगरपालिकामै पनि ५९ को दरबन्दीमा नौ मात्र स्थायी दरबन्दीका कर्मचारी कार्यरत छन् । रिजालका अनुसार कार्यालयमा प्रशासनमा एक, महिला चार र लेखा कार्यालयमा दुई कर्मचारी छन् । नगरपालिकामा दुई अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ ।

नगर प्रमुख थेवेका अनुसार प्रमुख प्रशासकीय अधिकृतसमेत नहुँदा लेखा अधिकृतले नै प्रमुख प्रशासकीय कर्मचारीको कार्यभार सम्हाल्नु परेको छ । थेवेले नगरपालिकाको आर्थिक, प्रशासनिक कार्य, योजना सञ्चालन र सेवाप्रवाहमा समेत समस्या भएको छ भने । “हामीले केही समयअघि मात्र ११ कार्यालय सहयोगी नियुक्ति गरेका छौँ,” उनले भने, “त्योभन्दा बढी चाहिँ कर्मचारी थप्ने स्रोत छैन ।” रासस