काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सञ्चार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठेको टिप्पणी गरेका छन्।
मन्त्री ज्ञवालीले सरकारले सञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र विश्वसनीय बनाउन चाहेको स्पष्ट पार्दै प्रेस स्वतन्त्रतालाई नियन्त्रण नगरेको दावी पनि गर्नु गरे।
शनिबार प्रदेश ५ पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको बडा दसैंको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले ठूल्ठूला मिडिया हाउसका कारण पनि नेपाली सञ्चार क्षेत्र मारमा पर्ने गरेको बताए।
संविधानले पत्रकारहरुको हक, हितका लागि आवश्यक व्यवस्था गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान सञ्चार माध्यामहरु पनि सचेत हुनुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिए ।







