गजल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गजल


प्रशासन विशेष ब्युरो

२३ भाद्र २०७५, शनिबार


हिटलर हरू यहाँ सिंहासनमा भेटिन्छन् ।।
बुद्ध हरू भित्ता र विज्ञापनमा भेटिन्छन् ।।

देशका हिमायती हरू खोज्दै जाने हो भने,
कित खाडीमा कित आन्दोलनमा भेटिन्छन् ।।

हामी खुसी बटुल्न संसार चहार्दै हिड्छौं,
खुसी हरू भने आफ्नै आँगनमा भेटिन्छन् ।।

भविष्य खोज्दै पलायन भएर जान्छन् युवा,
फलस्वरूप वृद्ध वृद्धा सदनमा भेटिन्छन् ।।

बिर्सि दिऊँ भन्छु जसलाई सदा-सदाका लागि,
उसैका तस्बिर घरीघरी नयनमा भेटिन्छन् ।।

Tags :
प्रतिक्रिया दिनुहोस