२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छालाजन्य रोगका बिरामी बढ्दै

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य चौकीमा छालाजन्य बिरामीको सङ्ख्या बढ्दै गएको छ । दैनिक स्वास्थ्य चौकीमा उपचारका लागि पुग्ने बिरामीमध्ये ४५ प्रतिशत भन्दा बढी बिरामीमा छालाको समस्या देखापरेको हो ।

नगरपालिका क्षेत्रभित्रका पिताम्बर, झलारी, पिपलाडी स्वास्थ्य चौकी र बन्साहा शहरी स्वास्थ्य केन्द्रमा दैनिक उपचारका लागि तीन सय बढी बिरामी पुग्ने गरेका छन् । अधिकांश बिरामीमा छाला चिलाउने, दाद, एलर्जी, फोकाफुन्सीलगायतका समस्या देखापर्ने गरेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख तीर्थराज भट्टले बताए ।

उनका अनुसार चारवटै स्वास्थ्य संस्थामा गरी दुई महिनाको अवधिमा दुई हजार छ सय बढी छालाका बिरामीको उपचार गरिएको छ । छालाको समस्या सबैभन्दा बढी महिलामा देखापरेको छ, उनले भने, “छालाको समस्या लिएर आउने बिरामीमध्ये ९० प्रतिशत महिला रहने गरेका छन् ।”

व्यक्तिगत सरसफाइको कमी, घाँसपात काट्न खेतमा जाँदा विषालु किरा छोइँदा, धुलो माटोको कारण, बढ्दो गर्मी, बजार क्षेत्रमा बिषादीको प्रयोग गरी पकाइएका फलफूलको प्रयोग गर्नाले छालाको समस्या देखिने गरेको उले बताए ।

सर्पदंशका बिरामी बढ्दै

कञ्चनपुरको अर्जुनीस्थित नेपाली सेनाको व्यारेकमा रहेको सर्पदंश उपचार केन्द्रमा पाँच महिनाको अवधिमा १२६ सर्पले टोकेका बिरामीको उपचार गरिएको छ । वैशाखको तेस्रो सातादेखि हालसम्म सर्पले टोकेका बिरामीले उपचार गरिएको हो ।

जसमध्ये सोही अवधिमा दश जनालाई बिषालु सर्पले टोकेको र आठ सर्पले टोकेका बिरामीको उपचार हुन नसकेपछि अन्यत्र उपचारका लागि पठाइएको उपचार केन्द्रका प्राविधिक सुवेदार दीपेन्द्रबहादुर कार्कीले बताए । बिषालु सर्पले टोकेर अन्यत्र उपचारका लागि पठाइएकामध्ये एकको मृत्यु भएको छ । सर्पको टोकाइबाट उपचारका लागि पुग्नेमा ९० प्रतिशत महिला रहेका छन् । सर्पले टोकेपछि उपचारका लागि आउनेमा ग्रामीण क्षेत्रमा बसोवास गर्ने विपन्न परिवार, किसान, दलित र जनजाति समुदायका व्यक्ति बढी छन् । रासस