२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यान्सर आजको प्रमुख समस्या र रोकथामका उपायहरु

अ+ अ-

के हो क्यान्सर ?
हाम्रो शरीरको प्रत्येक अङ्ग विभिन्न सूक्ष्म कोषहरूले बनेको हुन्छ । यी कोषहरू नियमित रूपमा विभाजन भइ नयाँ कोषहरू बन्दै जान्छन् र क्रमिक रूपमा बुढो हुँदै नष्ट भएर जान्छन् । यी कोषहरू विभाजन हुने र बढ्ने प्रक्रिया नियन्त्रित रूपमा भएर पनि एक दुर्ईवटा कोषहरू अनियन्त्रित हुन सक्दछन् र कुनै पनि अङ्गमा अनियन्त्रित रूपले कोषिकाहरू बढ्न थाल्दछन् र छिटो–छिटो ठुला आकारका डल्ला ९गिर्खा० या घाउ–खटिराको रूप लिन्छन्, जसलाइ क्यान्सर भनेर चिनिन्छ । यस्तो स्थितिमा सम्बन्धित आन्तरिक अङ्गहरु प्राकृतिक रूपमा काम गर्न सक्दैनन्, प्रतिफल विभिन्न लक्षणहरू देखिन्छन् ।

कपाल रङ्गाउने, अत्यधिक चियाको प्रयोग, ज्यादा केमिकल मिसावट भएको खाद्य पदार्थ तथा पानीको प्रयोग, प्लास्टिकका भाँडाहरू अत्यधिक प्रयोग गर्ने संस्कारले धेरै विषाक्त तत्वहरू हाम्रो शरीरभित्र प्रबेश गरी रहेको छ । यस्ता विकारहरू शरीरबाट बाहिर निस्कन पाउन भने भित्रै जमेर बस्छ फल स्वरूप हाम्रो शरीरको विभिन्न अङ्गहरूमा अल्सर, ट्युमर, स्टोन, क्यान्सर, युरिक एसिड, कब्जियत जस्ता समस्याहरू सृजना हुन्छ । अङ्गका सूक्ष्म नसा नाडीहरू जाम भइ हर्ट एट्याक, ब्रेन स्टोक जस्ता डरलाग्दा समस्याहरू सृजना हुन सक्दछ । यसबाट स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने देखिन्छ ।

कसरी लाग्छ क्यान्सर लगाएत अन्य रोगहरु ?
आधुनिकतावाट अत्याधुनिकतातर्फ लम्किने गति तिव्र भएसंगै आफ्नो स्वास्थ्य र शरीर प्रति भने वेवास्ता गरीएको छ । प्रदूषित हावा, पानी र विशाक्त आहारा लिन बाध्य अवस्था, टिभी मोवाइल, ल्यापटप, प्लास्टीकका वर्तनको अत्यधिक प्रयोग बढ्दै जानु, अज्ञानताको कारण आहार बिहार र आचरण ठिक ढङ्गबाट हुनमा कमी, अवेर सम्म जागा, अनिद्रा बढ्दो आश्यकता संगै भागदौडको जिन्दगी र तनावपूर्ण वातावरणमा समय व्यतित गर्ने जीवनशैलिका कारण पनि क्यान्सर रोगले भयावह रुप लिन थालेको छ ।


नैतिकताको सङ्कटले कालो वजारी, मुनाफाखोरी र कालोवजारीको कव्जामा रहेका खाद्य वजारमा आहारलाई उत्पादन तथा विक्रिवितरण प्रकियामा घातक रासायनिक बिषाधि मिसाइ अश्वस्थकर वनाइएकोले आम जनताको स्वास्थ्यमा प्रहार भइरहेको छ ।


नैतिकताको सङ्कटले कालो वजारी, मुनाफाखोरी र कालोवजारीको कव्जामा रहेका खाद्य वजारमा आहारलाई उत्पादन तथा विक्रिवितरण प्रकियामा घातक रासायनिक बिषाधि मिसाइ अश्वस्थकर वनाइएकोले आम जनताको स्वास्थ्यमा प्रहार भइरहेको छ । बजारीया दुधमा समेत कृतिम रसायन र अखाद्य पदार्थको व्यापकरूपमा मिसावट छ । अनि आधुनिक आमाहरू अज्ञानताले गर्दा कलिला दुधे वालक देखि नै सबैैलाइ जंकफुडको रूपमा मन्द विष ख्वाउँदै दंग रहेको पाइन्छ ।

हाल व्यावसायिकरणको नाममा छोटो समयमा बढी नाफा कमाउने उद्देश्यले हरेक खानेकुराहरूमा अखाद्य पदार्थ, विषादी तथा रसायनहरूको मिसावटबाट मुटु, मृगौला, प्यानक्रियाज र कलेजो जस्ता अङ्गहरूमा क्यान्सर लगायत अन्य भयानक बिमारीहरू हुन गई कष्टकर जीवन ज्युन बाध्य छन्, हस्पिटलहरू क्यान्सरका बिमारीले भरिदै गएको छ । भर्खर जन्मेको दुधे वालकलाइ समेत क्यान्सर देखिन थालेकोछ । सो को उपचारको नाममा अर्बाै रूपैयाँको धनराशी खर्च हुने गरेको छ । अखाद्य तथा मिसावट हुने केही वस्तुहरूको उदाहरण तलको बुंदाहरूमा उल्लेख गरीएको छ ।

(क) प्लास्टिकका भाँडाहरु प्रयोग:

  • विभिन्न खानेकुराहरू प्याकिङ् गर्दा कम गुणस्तरका प्लास्टिकका भाँडाहरु प्रयोग हुने गरेको । तातो पेय पदार्थ लगायत पिउने पानी प्लास्टिकका भाँडाहरुमा राखी विक्री वितरण र सेवन गर्दा क्यान्सरजन्य रोगहरू लाग्न सक्ने ।
  • प्लास्टिकका भाँडाहरूको सट्टा उचित धातु तथा सिसाका भाँडाहरु प्रयोग गर्नाले क्यान्सरजन्य विकारहरूबाट केही हदसम्म बच्न सकिन्छ ।

(ख) हानिकारक रसायन मिसावट भएको आहार:

  • हरियो सब्जी, फलफूल, गेडागुडीहरूमा विषादी तथा अखाद्य रंगहरूको प्रयोग, चामल तथा गेडागुडीमा पोलिस गर्ने, माछामा नकुहिने रसायन राख्ने, किटनाशक औषधिको प्रयोग गर्ने, तौल र छिटो वृद्धि गर्न हानिकारक रसायन राख्ने, इन्जेक्सनहरू लगाउने, फललाइ छिटो पकाउन रसायनहरू प्रयोग गर्ने, गाईभैसी दुधमा मिसावट र दुध बढाउन जथाभाबी औषधि खुवाउने, दुध नबिग्रिओस् भन्ने हेतुले क्याष्टिक सोडा दुधमा मिसाउने, आदि कार्यहरूबाट उत्पादित खाद्यान्नको सेवनले शरीरका अङ्गहरूमा क्यान्सर लगायतका विभिन्न रोगहरू लाग्ने गरेको ।
  • जारमा राखेर बेचिने पानी: हाल पिउनेपानी तयार गर्दा टयूववेलको पानीमा फिल्टर गरी मीठो स्वादको लागि अदक्ष प्राविधकहरूद्वारा अप्राकृतिक तथा अखाद्य रसायन मिसाउने गरेका पाइएको छ । यस्तो पानी अक्वारियममा राख्दा पूरै माछा मरेको पाइयो भने त्यस्ता पानी पिउदा कति असर पर्ला सहजै अनुमान लगाउन सकिन्छ ।
  • अस्वस्थकर खानाहरूः फास्टफुडको नाममा प्रयोग हुने अजिनोमोटो लगायतका अखाद्य वस्तु तथा रसायन, बारम्बार पुनः प्रयोग हुने तेल, अखाद्य तेल, खाना सड्न रोक्ने रसायन, अखाद्य रङ मिसावट गरेको अखाद्य पदार्थहरूबाट तयार भएको खानेकुराहरू जनस्वास्थ्यको लागि अत्यन्त हानिकारक भएता पनि सो को व्यापारले ठुलो बजार ओगटेको । आर्थिक प्रलोभनमा भोज, पार्टीहरूमा तयार गरी ने अधिकांस खानाहरूमा शुद्धता पाइदैन ।

(ग) मांसाहार भोजन:

  • मांसाहार भोजनबाट क्यान्सर, मुटुरोग, पक्षघात, उच्च रक्तचाप, मधुमेह, मोटोपनका विभिन्न कारणहरूमा प्रमुख भएको तर्फ अनेक खोज–अनुसन्धान भइसकेकोे स्थिति छ । मासुमा कोलोस्ट्रोल र कार्सिनोजिन्स जस्ता तत्वको बाहुल्यताले त्यस्ता घातक रोगलाई निम्त्याउँछ । हाम्रो पेट र आन्द्राले जती बढी रेसादार खानेकुरा पाउँछ, त्यति सजिलो पाचन कार्य गर्न सक्षम हुन्छ । मांसाहार रेसाहीन खाद्य हो । मनुष्यको शारीरिक बनावट मांसाहार अनुकुल हुँदैन । । यस मान्यता विपरीत यदि कोही मांसाहार सेवन गर्छ भने पेटभित्र पुगेको मासु आन्द्रामा गएर सड्न कुहिन थाल्दछ, जसबाट करोडौं सङ्ख्यामा प्याथोजोनिक किटाणुहरू उत्पन्न हुन्छन् । ती किटाणु क्रमशः रक्तसञ्चार प्रणालीमा प्रवेश गर्छ र रगतलाई प्रदूषितगरी उपयोगी कोषिकाहरूलाई हानि पुर्याउँछ । त्यसैले मांसाहारी व्यक्तिको रगत सधैं प्रदूषितहुन्छ । जसका कारण अर्श, हर्निया, अतिसार, एपेन्डिसाईटिस हुने तथा कतिपयमा गर्भाशय, डिम्बग्रन्थि, आमाशय, आन्द्राको क्यान्सरसमेत उत्पन्न हुन्छ ।
  • अर्कोतर्फ मासु तथा दुधको उत्पादन र व्यापार बढाउनको लागि कुखुरा र पशुहरूलाई हानिकारक दाना तथा जथाभावि औषधि खुवाउने प्रवृतिले गर्दा यो समस्या झनै बढेर गएको छ ।

(घ) बारम्बार पुनः प्रयोग हुने चिजहरु:

तेल, अखाद्य तेलको प्रयोग आलु चिप्स, दुनट, मिठाई, भुटन, सेकुवा, डढेको खाना जस्ता खानेकुराको सेवनले क्यान्सर जस्ता घातक रोगहरू जन्माउछ । तारेको, भुटेको खानेकुराहरूमा पोषण तत्व नष्ट हुनुका साथै घातक हुन्छ ।

(ङ) अनिद्रा, तनाव:

विभिन्न कारणबाट जब व्यक्तिको शरीरलाई आवश्यकताअनुसारको निद्रा पुग्दैन त्यो अवस्थामा शारीरिक पित्त बढ्न थाल्दछ । एकातिर पित्त बढ्ने, कब्जियत हुने गर्छ अर्कोतर्फ टाउको दुख्ने, छाती चस्कने, रूघाखोकी लाग्ने आदि हुँदाहुँदै भित्रभित्रै क्यान्सर रोगको समस्या सुरू भइ सकेको पनि हुनसक्छ । मानिसको असिमित चाहना, तृष्णा, लोभ, मोहले गर्दा ईच्छा प्राप्त गर्नको लागि हतारमा भोजन गर्ने, भाग दौडको जीन्दगी ज्युने, रातमा सुत्नु पर्ने अवस्थामा जागा रहने र आराम गर्न फुर्सत नपाउँदा मनमा थकान, पीर, डर, निराशा, न्यास्रोेपन भरिन गई मन बेचैन रहने गर्दछ । यही कारणबाट नै मोेटोपन, ग्यास्ट्रीक, हृदय रोग, मृगौला रोग, क्यान्सर, तनाव, निराशा, मानसिक सन्ताप जस्ता समस्याहरूबाट पीडिीत हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको पाइन्छ ।

क्यान्सर हुने प्रमूख अङ्गहरूका कारण र लक्ष्यहरु

फोक्सोको क्यान्सरः धुम्रपान गर्नाले, लामो समयसम्म धुँवामा श्वास फेर्नाले, कलकारखाना तथा सबौरी साधनबाट निस्कने प्रदूषित हावा शरीरभित्र प्रवेश गर्नाले

लक्षणहरुः लगातार सुख्खा खोकी लाग्नु खकारबाट रगत देखा पर्नु । दम बढ्नु, छाति दूख्नु । धेरै दिनसम्म लगातार ज्वरो आउनु । भोक नलाग्नु, शरीरको वजन घट्दै जानु ।

पेट (आमाशय) को क्यान्सरः पान, खैनी, सूर्ती तथा धूम्रपानको सेवन गर्नाले । बासी, ढुसी परेको खानाहरू खानाले । चिल्लो, पिरो मसलादार खाना खानाले । माछा, मासु बढी खानाले

लक्षणहरुः पेटको माथिल्लो भागमा दुख्नु, पोल्नु अथवा डकार आउनु । भोक नलाग्नु खाना प्रति रूची नहुनु । खाना नपच्नु, वाकवाक लाग्नु । थाक्नु अथवा रिंगटा लाग्नु । दिसा कालो हुनु, शरीरको वजन घट्दै जानु । पेट डम्म फुलेको जस्तो अनुभव हुनु ।

पाठेघरको मुखको क्यान्सरः सानै उमेरमा गर्भवती हुनु । धेरै बच्चा जन्माउनु । धेरै ब्यक्तिस“ग यौन सम्पर्क राख्नु । यौन अङ्गको सरसफाई नगर्नु । सूक्ष्म जीवाणुले पाठेघरमा संक्रमण गर्नु आदि

लक्षणहरुः पाठेघरबाट गन्हाउने पानी बग्नु । संसर्गपछि रगत बग्नु । कम्मर तथा ढाड दुख्नु । लगातार पानी तथा रगत मिसिएको पानी अथवा रगत बग्नु ।

स्तन क्यान्सरः स्तनपान नगराउनाले । ३० वर्षको उमेरपछि गर्भवती हुनाले । चाडै महिनावारी शूरू हुने तथा ढिलो गरी महिनावारी सुक्नाले । धेरै वर्षसम्म परिवार नियोजनको चक्की तथा विभिन्न हर्मोन बढी भएको खानेकुरा सेवन गर्नाले । बोसोको मात्रा बढी भएको खानेकुरा सेवन गर्नाले ।

लक्षणहरुः स्तन तथा काखीमा कुनै किसिमको डल्लो गाँठो हुनु या सुन्निनु । दूधको मुन्टोबाट असामान्य तरल पदार्थ बग्नु । स्तनको नाप वा आकारमा परिवर्तन आउनु । स्तनको छाला, दूधको मुन्टो अथवा नजिकको छालाको रंगमा परिवर्तन आउनु ।

छालाको क्यान्सरः लक्षणहरु लामो समयसम्म लगातार टंटलापुर घाममा सेकिनु । सुर्यको प्रचण्ड चाप वा विकिरण । प्रदुषण ।

रगत तथा लिम्फ ग्रन्थिको क्यान्सरः यो जन्मजात तथा कुनै औषधि हरूको अनावश्यक सेवनबाट हुन सक्छ । विकिरणबाट, वातावरणीय प्रदुषणको कारणले अखाद्य रङ्गरोगन गरेको, रसायनिक पदार्थ मिसाईएको खानेकुराको सेवनले, खिया लागेको फलामका वस्तु एवं हतियारबाट हुने चोटपटकले आदि कारणले हुनसक्छ ।

लक्षणहरुः बढी मात्रामा ज्वरो बारम्बार आईरहनु । शरीरको वरिपरी स साना राता थोप्लाहरू देखा पर्नु । शरीरमा रगतको मात्रा कम हुँदै जानु । अन्य सरूवा रोगले तुरून्त आक्रमण गर्नु । प्रतिरोधात्मक क्षमता कम हुँदै शरीरको तौल घट्दै जानु आदि ।

सामान्य रोकथाम

जाँड–रक्सी एवं अन्य लागू पदार्थ चुरोट, बिंडी तमाखु, सुल्पा, गांजा आदि पिउने धूम्रपानहरू र सुर्ती, खैनी, पान, सुपारी आदि मुखमा च्यापेर पिईने सुर्तीजन्य कुराहरू नखाने । पोलेको, डढेको, तारे–भुटेको खाना पोलेको मासु (सेकुवा) अझ बढि हानिकारक छ । तार्ने, भुट्ने, मसलादार बनाउने नगरी साधारण तरिकाले उसिनेर पकाएको हरियो सागपात, तरकारी, एवं कांचो खान मिल्ने अङ्कुरित अनाज, सलाद (गाजर, चुकन्दर, टमाटर, कांक्रो आदि), फलफुलको बढी प्रयोग क्यान्सरको रोकथामका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ ।

बासी खाना, साँदेको पुराना अचार, ढुसी परेका अन्न वा गेडागुडी खानु हुँदैन । खाना खाएपछि नियमित मुख सफा गर्ने बानी बसाल्नुपर्दछ । बजारमा बेचेका रंगीचंगी खाना खानु हुँदैन । घरमै बनाएका ताजा खाना एवं नास्ता (खाजा) खाने बानी बसाल्नुपर्दछ

धूँवा, धूलो र अन्य प्रदुषणबाट जोगिनुपर्दछ । घरेलु घूवां पनि हानिकारक भएको हुनाले धुँवा नआउने आधुनिक चूहो, गोवर ग्यास, विजुली आदिको प्रयोगलाई बढाउनुपर्दछ ।

धेरै जनासंग यौन सम्पर्क राख्ने व्यक्तिलाई एड्स र क्यान्सरको खतरा निकै बढी हुने हुनाले एक स्त्री एक पुरूषबिचको नियममा बस्नुपर्दछ । यौन सम्बन्धमा रहेका २० देखि ५० बर्ष उमेर समुहका महिलाहरूले बर्षमा एक पटक गर्भाशय श्राव परीक्षण एबउ कmभबच तभकत० गर्नु पर्दछ, जसले पाठेघरको क्यान्सरबाट बचाउँछ ।

क्यान्सर कारक विषादी मिसिएका खाद्यान्न, फलफूलबाट कसरी जोगिने ?

बजारमा पाइने अखाद्यवस्तु तथा विषादी मिसिएको खाद्यान्न, फलफूल, दूध तथा तरकारीहरू प्रति सचेत रहने र विषादी मिसिएको हुनसक्ने फलफूल तथा साग सव्जि र तरकारीहरूलाई नुन मिश्रित मनतातो पानीमा २,३ घण्टा (धेरैबेर) भिजाइ राम्रोसंग सफा गरेर वा बोक्रा तासेर प्रयोग गर्दा उचित हुने छ ।

गेडा दाललाइ १२ घण्टा सग्लो भिजाउने विषादी मिसिएको रसायन धुन र राम्रो संग पकाउन पानिमा धेरैवेर (१२ घण्टा) भिजाएमा राम्रो हुन्छ । खोस्टा निकालि पोलिस गरी एको दाल हानिकारक हुन्छ । तर दाल वायु विकारक भएकोले वायु सम्वन्धि समस्या हुनेहरूले साँझमा नभइ बिहान र दिउसोको खानामा मात्र खान ठिक हुन्छ ।

प्लास्टिकका भाँडाहरुको सट्टा उचित धातु तथा सिसाका भाँडाहरु प्रयोग गर्नाले क्यान्सरजन्य विकारहरूबाट केही हदसम्म छुटकारा मिल्न सक्दछ ।

त्याग गर्न योग्य पदार्थहरू

चिया, कफी, चिसो पेय, आईक्रिम, पिज्जा, बर्गर, ईडली, डोसा, केक, पाउरोटी, कन्फैक्शनरी तथा सिन्थेटिक फुडस, चुरोट सुर्ति, मसला— पान, वियर, वाईन, रक्सी, मासु, अण्डा आदि अपथ्य तथा अहितकारी त्याज्य पदार्थ हुन् ।

भोजनमा अधिक मसला तथा पिरो प्रयोग नगर्ने, यसबाट पाचन सम्बन्धी रोग हुनसक्छ ।

जङ्क फुड, प्रयोगले पोषण पुग्दैन मोटोपन बढ्छ, हड्डी माम्सपेशी, रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । यसबाट उच्च रक्तचाप, कपाल झर्ने, भोक नलाग्ने, कब्जियत, अपच, जोर्नी दुखाइ जस्ता समस्या हुनसक्छ ।

सेतो पोलिस गरेको चामल, मैदाबाट बनेको खाना र सेतो चिनी सेवन नगर्नु राम्रो हुन्छ । अजिनो मोटो, नक्कली तेल तथा बारम्बार रिसाईकल गरी प्रयोग गर्ने तेल आदि मिसिएको खाना हानिकारक हुन्छ ।

तारेको, भुटेको खानेकुराहरू आलु चिप्स, दुनट, मिठाइ, भुटन, सेकुवा,डढेको खाना जस्ता खानेकुराको सेवनले क्यान्सर जस्ता घातक् रोगहरू जन्माउछ ।

योग एवं प्राकृतिक उपचार

  • तनाव हटाउन नियमित रुपमा योगासान, प्राणायाम र ध्यानको अभ्यास गर्ने ।
  • ५० मि.लि. लोकल गाइको गोमुत्र दैनिक सेवन गरे लाभ गर्छ नयाँ क्यान्सर पूर्ण निर्मुल हुन्छ ।
  • २० २५ वटा कालो तुलसी पत्ता दिनहँु सेवन गर्नु ।
  • दैनिक ५० मि.लि. चिनी लहरो (गुर्जो) को रस पिउनु ।
  • १० दिनको गहुँको जमराको रस दैनिक सेवन गरेर क्यान्सर हट्छ । गुर्जोको रस मिसाएको गहुंको जमराको रस, गो मुत्र, तुलसीको पात नियमित सेवन गर्नेे । रसाहार गर्ने । औषधिहरू वैद्य वा चिकित्सकको सल्लाह अनूसार तुलसि चूर्र्ण, लोठसल्लो चूर्र्ण, कान्चनार गुग्गुल जस्ता प्रयोग गर्ने ।

लेखकबाट थप,

सेना र योग

उचित आहारविहार स्वस्थ शरीरको आधार

विद्यालयमा योग किन ?

संस्कृति र संस्कारलाई बिर्सेका कारण आज हामी डिप्रेसनको सिकार भइरहेका छौं

मांसाहार भोजन कति उपयुक्त ?

प्रतिक्रिया दिनुहोस