२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीलाई कृषिमा केन्द्रीत हुन प्रधानमन्त्री ओलीको आग्रह

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुलाई आफ्ना गतिविधि कृषिमा केन्द्रीत गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय सहकारी महासंघको प्रतिनिधी मण्डलसँग आज सिंहदरवारमा अन्तक्र्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कृषिमा देशको करिब दुई तिहाइ जनसंख्या निर्भर भएकोले यो क्षेत्रलाई आधुनिकीकरण नगरी देशमा समृद्धि हासिल नहुने बताए । उनले भने, “सहकारीले कृषिमा आधुनिकीकरणका लागि खेती प्रणालीलाई ठुला–ठुला प्लटमा लैजानु पर्छ, कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोगबाट उत्पादन र उत्पादकत्व दुवै बढाउन सकिन्छ । यो कुरा सहकारीको प्राथमिकतामा हुनुपर्दछ ।”

प्रधानमन्त्री ओलीले सहकारीहरु ऋण तथा बचतमा मात्र केन्द्रीत हुन नहुने बताए । उनले भने ,“सहकारीहरुले उपभोग्य वस्तु, निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिनु पर्दछ”।

किसानलाई आधुनिक खेती तर्फ प्रोत्साहन गर्नका लागि सहकरीले सस्तो व्याजमा ऋण उपलब्ध गराउनु पर्ने र त्यसका लागि सरकारले सहकारीहरुलाई सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “वर्तमान सरकार सहकारी मैत्री छ । सहकारीले भोगेको कानुनी अप्ठयारालाई हल गर्न सरकार तयार छ” प्रधानमन्त्री ओलीले भने, “कुन ऐनले कहाँ – कहाँ अप्ठ्यारो पारेको छ । लेखेर ल्याउनुहोस् । त्यसलाई सम्बोधन गर्न सरकार तयार छ ।”

सरकारले लागु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई सफल पार्न पनि सहकारीहरुको ठुलो भूमिका हुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले परियोजना मार्फत १ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा गरिने खेतीलाई सुपर जोन र ५ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा गरिने खेतीलाई जोनको रुपमा विकास गरिएको बताए । प्रधानमन्त्री ओलीले भने, “चक्ला बन्दी भएको जग्गालाई भडामा लिएर एउटै प्लट बनाएर ठुलो मात्रामा खेती गर्ने काम सहकारीहरुले गर्नुपर्दछ ।”

महासंघका अध्यक्ष केशव वडालले प्रस्तावित सहकारी ऐनमा भएका केही प्रावधानहरु सच्याउन माग गर्द प्रधानमन्त्री ओलीलाई एक ध्यानआकर्षण पत्र पेश गरेका छन् ।