२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुग्ध किसानलाई समयमा भुक्तानी दिन सांसदहरूको माग

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि कर्णाली राजमार्गको जोखिम न्यूनीकरणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधुकुमार चौलागाईंले दुग्ध विकास समितिमा भएको अनियमिततासम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न र किसानलाई समयमा भुक्तानी दिन माग गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राजेन्द्रकुमार राईले धनकुटामा सात हजार किसानले दूधको भुक्तानी नपाएको गुनासो गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बसुमाया तामाङले बजारमा पूरा ग्यास सिलिण्डर नपाउँदा उपभोक्ता ठगीमा परेकाले सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विदुषी राणाले कर्णाली प्रदेशका दुर्गम स्थानलाई प्राथमिकता राखी सञ्चार सुविधा सहज बनाउन आग्रह गरे ।

नेकपाका महेन्द्रबहादुर शाहीले कर्णाली राजमार्गको उच्च जोखिम क्षेत्रलाई ध्यानमा दिएर दुर्घटना न्यूनीकरणका लागि लाग्न आग्रह गरे ।

नेकपाकै बलावती शर्माले बाँदरलगायत वन्यजन्तुले घरभित्रै पसेर खाद्यान्न खाइदिने र किसानको उब्जनीमा पारेको असरबारे गम्भीर हुन आग्रह गरिन् ।

रास्वपाकै विना गुरुङले घान्द्रुकलाई अन्तर्राष्ट्रिय पर्यटकीय स्थलमा रूपमा विकास गर्न आग्रह गरिन्।

रास्वपाका बुद्धरत्न महर्जनले ललितपुरको बागमती गाउँपालिकामा पहिरो र सडक असुविधाका कारण आवागमनमा हरेक वर्ष समस्या हुँदै आएको जानकारी गराए ।

रास्वपाका भरतप्रसाद पराजुलीले भूमिहीनलाई चाँडो लालपुर्जा दिन माग गरे । नेपाली काँग्रेसका भरतबहादुर खड्काले जाजरकोट भूकम्पपीडितको हालसम्म घर नबनेको विषयमा ध्यानाकर्षण गराए ।

नेपाली काँग्रेसकी सांसद मनमाया विकले दलित समुदायमाथि भइरहेको हिंसा र विभेद अन्त्यका लागि सरकार गम्भीर हुनुपर्ने बताइन्।

रास्वपाका माधवबहादुर थापाले सरकारी अस्पतालमा मेडिकल सामग्रीका कारण उपचारमा समस्या भएको उल्लेख गरे ।
नेपाली काँग्रेसका मोहन आचार्यले रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनाले प्रभावित समुदायलाई दिनुपर्ने सुविधा नदिएको गुनासो गरे ।

रास्वपाका रञ्जु न्यौपाने काठमाडौँ निर्वाचन क्षेत्र १ नं मा वर्षाले डुबान हुने गरेको विषयमा ध्यानाकर्षण गराइन्।

रास्वपाका राजकिशोर महतो कोइरीले क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभाव हुँदा हजारौँ नागरिक प्रभावित भएको बताए ।

एमालेकै रिँगला यादवले सुस्तावासी जनताले नेपाली भूमिको रक्षार्थ खेलेको भूमिकाबारे सरकार बेखबर हुन नहुने धारणा राखिन्।

बैठकको सोही समयमा सांसदहरु रमेश प्रसाईँ, मोहनलाल आचार्य, डा. फिरदोश आलम, रीना उप्रेती (केसी), रुक्मिणीदेवी कोइराला, रुविना आचार्य, रेनुका काउँचा, भूमिका श्रेष्ठ, मनिष खनाल, रास्वपाका राजन गौतमलगायतले स्थानीय तथा राष्ट्रिय समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

0 Comments