काठमाडौँ । कोशी नदी किनारबाट १ सय ६८ केजी गाँजा बरामद गरिएको छ ।
जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका-१ सत्र नम्बरस्थित कोशी नदी किनारबाट बेवारिसे अवस्थामा राखिएको १ सय ६८ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
ट्युब र बाँसको सहायताले राखिएको अवस्थामा ९ वटा प्लास्टिकका बोरामा गाँजा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।







