२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्जिनियरिङ विद्यार्थीका लागि इन्टर्नसिप सहकार्यमा त्रिवि र एयरबसबीच सम्झौता

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र एयरबसबीच इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप अवसर उपलब्ध गराउने विषयमा सहमति भएको छ ।

शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौता हस्ताक्षर कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुशील बहादुर बज्राचार्यले उच्च शिक्षालाई उद्योग तथा व्यावसायिक क्षेत्रसँग जोड्ने प्रयासलाई निरन्तर अघि बढाइने बताएका छन् । उनले विद्यार्थीलाई व्यवहारिक अनुभव हासिल गर्ने अवसर विस्तार गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको धारणा राखे ।

एयरबसका अध्यक्ष जुर्गेनले नेपाललाई युवा जनशक्ति सम्पन्न तथा सम्भावनायुक्त मुलुकका रूपमा उल्लेख गर्दै सीप र प्रविधिमा आधारित अवसरमार्फत विकासको सम्भावना उपयोग गर्नुपर्ने बताएका छन् ।

सम्झौतामार्फत विशेष गरी एयरोस्पेस इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीलाई व्यावहारिक अनुभव तथा पेशागत क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सहमतिमा एयरबसको तर्फबाट प्रोत्साहनात्मक कार्यक्रम सञ्चालन गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको जनाइएको छ ।

नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलले नेपालमा नागरिक उड्डयन क्षेत्रको गुणस्तरीय विकासका लागि उक्त सहकार्यलाई प्रारम्भिक तर महत्वपूर्ण कदमका रूपमा व्याख्या गरिन् ।

कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक मुकेश डंगोलले उड्डयन क्षेत्रले राष्ट्रिय सम्पर्क विस्तार र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै यसलाई थप प्रतिस्पर्धी, व्यवस्थित र व्यावसायिक बनाउने दिशामा प्रयास जारी रहेको बताए ।

0 Comments