काठमाडौँ । सर्वोच्च अदालतमा आफ्नो सिफारिसविरुद्धको रिट दर्ता नभएको विषयमा प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माले विस्तृत प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
संसदीय सुनुवाइ समितिमा जारी छलफलका क्रममा उठाइएको उक्त विषयबारे उनले रिट दर्ता प्रक्रिया अदालत प्रशासनको स्वतन्त्र अधिकार क्षेत्रभित्र पर्ने भएकाले यसमा आफूले थप टिप्पणी गर्न उपयुक्त नहुने बताएका हुन् ।
उनका अनुसार रिट दर्ता वा स्वीकार गर्ने विषय प्रशासनिक संयन्त्रले स्वतन्त्र रूपमा गर्ने नियमित प्रक्रिया हो ।







