२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा सांसद कार्कीसँग सम्बन्धित आरोपबारे प्रतिनिधि सभामा प्रश्न

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीसँग जोडिएको विवादित विषय प्रतिनिधि सभामा उठेको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपाकी सांसद पार्वती विकले उक्त विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएकी हुन् ।

सांसद कार्कीमाथि एक विदेशी नागरिक महिलासँग सम्बन्धित व्यक्तिगत आचरणबारे सामाजिक सञ्जालमा विभिन्न आरोप सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै सांसद विकले घटनाको यथार्थबारे स्पष्ट जानकारी आवश्यक रहेको बताइन् ।

उनले सामाजिक सञ्जालमा फैलिएका विषयवस्तुले नेपाल र नेपालीको अन्तर्राष्ट्रिय छविमाथि असर पार्न सक्ने चिन्ता व्यक्त गरिन् । सार्वजनिक पदमा रहेका व्यक्तिसँग सम्बन्धित यस्ता विषयले राष्ट्रिय प्रतिष्ठा र सामाजिक उत्तरदायित्वसँग समेत सम्बन्ध राख्ने उनको धारणा थियो ।

सांसद विकले आरोपबारे सत्य तथ्य छानबिन गरी सदनलाई जानकारी गराउन माग गर्दै घटना पुष्टि भए सम्बन्धित सांसदलाई कानुनी तथा संसदीय कारवाहीको दायरामा ल्याउनुपर्ने बताइन् ।

0 Comments