२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रिट दर्ता गर्न आदेशपछि सर्वोच्च प्रशासनमा हलचल, कार्यकक्ष छाडेर बाहिरिए कर्मचारी

अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश सिफारिससम्बन्धी विवादमा दरपीठ गरिएका रिट निवेदन दर्ता गर्न कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले आदेश दिएपछि सर्वोच्च अदालत प्रशासनमा हलचल देखिएको छ । आदेशपछि केही कर्मचारीले कार्यकक्ष छाडेको बताइएको छ ।

कामु प्रधानन्यायाधीश मल्लले बिहान मात्रै सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता नगरी न्यायमा पहुँच अवरुद्ध गरेको ठहर गर्दै आज दिउँसो १ बजेसम्म सबै निवेदन दर्ता गरी भोलिका लागि पेशी तोक्न आदेश दिएकी थिइन् ।

प्रधानन्यायाधीशमा चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गरिएको विषयविरुद्ध दायर रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेपछि कानुन व्यवसायीहरूले आपत्ति जनाउँदै आएका थिए ।

आदेशपछि सर्वोच्च प्रशासनका केही कर्मचारी कार्यकक्षबाट बाहिरिएको बताइएको छ । “अहिले कर्मचारी नै कार्यकक्षमा देखिनुहुन्न,” एक कानुन व्यवसायीले भने, “अब कानुन व्यवसायीहरूले सर्वोच्च परिसरमा विरोध कार्यक्रमको तयारी गरेका छन् ।”

सर्वोच्च अदालतको आदेशमा संवैधानिक प्रावधानअनुसार दायर निवेदन तथा दरपीठविरुद्धका निवेदन दर्ता प्रक्रियामा अवरोध गर्नु न्यायपालिकाको स्वच्छता, निष्पक्षता र स्वतन्त्रतासँग जोडिएको विषय भएको उल्लेख गरिएको छ । साथै न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधानन्यायाधीशको हुने विषय पनि स्मरण गराइएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालासँग यसबारे बुझ्दा उनले आफू स्टाफ कलेजमा रहेको र घटनाबारे थप जानकारी नभएको बताए ।

0 Comments