२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तरप्रदेशमा आएको हावाहुरीका कारण १०४ जनाको मृत्यु, ठूलो भौतिक क्षति

अ+ अ-

काठमाडौँ । भारतको उत्तरप्रदेश राज्यमा बुधबार आएको भीषण हावाहुरीका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको पुष्टि भएको छ । प्रारम्भिक विवरणअनुसार मृतक संख्या १०० नाघिसकेको थियो भने पछिल्लो अद्यावधिकसँगै १०४ पुगेको जनाइएको हो ।

उत्तरप्रदेश सरकारअन्तर्गत विपद् व्यवस्थापन विभागका विशेष कर्तव्य अधिकृत मनोज कुमारका अनुसार हालसम्म प्राप्त विवरणमा मृत्यु संख्या १०४ पुगेको जानकारी बीबीसी हिन्दीलाई दिइएको छ । उनका अनुसार घटनामा ५२ जना घाइते भएका छन् भने करिब १३० पशुचौपाया मरेका छन् । साथै, ९८ वटा घरमा क्षति पुगेको विवरण प्राप्त भएको छ ।

बुधबार राति आएको तीव्र आँधी-हुरी र वर्षाले नेपालसँग सीमा जोडिएको भारतको उत्तरप्रदेशका विभिन्न क्षेत्र प्रभावित बनेका थिए । घटनाका क्रममा पर्खाल ढल्ने, रूखहरू ढल्ने तथा कच्चा संरचना भत्किने जस्ता क्षति भएका विवरण सार्वजनिक भएका छन् ।

प्रशासनिक तथ्यांकअनुसार सबैभन्दा धेरै मानवीय क्षति वाराणसी, प्रयागराज र कानपुर क्षेत्रहरूमा भएको छ । प्रयागराजमा २१, मिर्जापुरमा १९, फतेहपुरमा ११ तथा कानपुर देहातमा २ जनाको मृत्यु भएको उल्लेख छ ।

हावाहुरीका कारण विद्युत् संरचना पनि व्यापक रूपमा प्रभावित भएको छ । प्रयागराज र कानपुर क्षेत्रका केही जिल्लामा बिजुलीका पोल ढल्नु र तार चुँडिनुका कारण लामो समयसम्म विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । ग्रामीण भेगमा खेतीबालीमा समेत क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

0 Comments