काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफूअन्तर्गतका निकायहरूमा रिक्त पदमा पदपूर्ति, नियुक्ति तथा मनोनयनका लागि रोस्टर सूची तयार गर्ने प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई अनलाइनमार्फत आवेदन दिन आह्वान गरेको हो।
सूचनाअनुसार मन्त्रालयसँग सम्बद्ध निकायहरूमा आवश्यक पर्ने जनशक्ति छनोटका लागि तयार गरिने रोस्टर सूचीमा सूचीकृत हुन इच्छुक व्यक्तिले आगामी जेठ ६ गतेभित्र अनलाइन फाराम भर्नुपर्ने छ।
मन्त्रालयले आवेदनका लागि क्युआर कोड तथा अनलाइन लिंक उपलब्ध गराएको जनाएको छ।








