२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कंगोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो

अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिवका उपप्रवक्ताले मानवीय मामिला समन्वय कार्यालयलाई उद्धृत गर्दै पछिल्ला तीन दिनमा इटुरी र उत्तर किभु क्षेत्रमा कम्तीमा ३४ जना सर्वसाधारणको ज्यान गएको जानकारी दिएका छन् । 

इटुरी प्रान्तका इरुमु र माम्बासा क्षेत्रमा मंगलबारदेखि बिहीबारसम्म भएका आक्रमणमा कम्तीमा १५ जना नागरिकको मृत्यु भएको बताइएको छ । हिंसापछि धेरै स्थानीयवासी उत्तर किभुका छिमेकी गाउँतर्फ विस्थापित हुन बाध्य भएका छन् ।

त्यसैगरी, उत्तर किभुको ओइचा क्षेत्रमा सशस्त्र समूहद्वारा गरिएको आक्रमणमा मंगलबार र बुधबार गरी कम्तीमा १९ जना नागरिकको ज्यान गएको जनाइएको छ । स्थानीय स्रोतहरूका अनुसार धेरै नागरिक खेतमा काम गरिरहेका बेला आक्रमणमा परेका थिए भने केही व्यक्ति अझै सम्पर्कविहीन रहेका छन् ।

सुनखानीका लागि परिचित माम्बासामा मार्च महिनाको मध्यदेखि यता कम्तीमा १३० जना नागरिक मारिएका छन् भने ५०० भन्दा बढी व्यक्तिलाई अपहरण गरिएको बताइएको छ । हिंसाका कारण ६८ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । साथै, बेनी र लुबेरो क्षेत्रमा ३ लाख १० हजारभन्दा बढी नागरिक घर छोड्न बाध्य भएका छन् ।

संयुक्त राष्ट्रसंघले हाल विस्थापित नागरिकहरूको अवस्था तथा आवश्यकताको मूल्याङ्कन भइरहेको जनाएको छ । साथै, द्वन्द्वरत सबै पक्षलाई सर्वसाधारणमाथिका आक्रमण तत्काल रोक्न तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

0 Comments