२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधि: आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

अ+ अ-

काठमाडौँ । ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ ले चालीस वर्ष उमेर पुगेका, कम्तीमा विद्यावारिधि उपाधिप्राप्त र कुनै पनि राजनीतिक दलको सदस्य नरहेका प्राज्ञिक व्यक्तिलाई आवेदन दिन योग्य मानेको छ ।

विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले आज इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र दरखास्त दिन आह्वान गरेको छ । कार्यविधिमा आवेदकले विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको व्यहोरा खुलेको स्वघोषणापत्र र हाल कुनै राजनीतिक दलको सदस्य नरहेको तथा कुनै पनि लेख–प्रकाशनमा बौद्धिक चोरी (प्लेगारिज्म) नगरेको स्वघोषणापत्र समावेश गर्नुपर्ने उल्लेख  छ ।

उपकुलपति नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले स्वीकृत गरेको कार्यविधि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ । ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी विशेष अध्यादेश, २०८३’ बमोजिम विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिका लागि नयाँ कार्यविधि जारी गरिएको हो ।

उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचनाअनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरिएको छ ।

कार्यविधिमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा १० वर्षको अनुभव भएको, शैक्षिक वा प्राज्ञिक उन्नयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापनसम्बन्धी सीप तथा कौशल प्रदर्शन गरेको हुनुपर्नेछ । 

यसैगरी, ४० वर्ष उमेर पूरा भएको, उच्च नैतिक चरित्र भएको, प्रचलित कानुनबमोजिम सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नरहेको, आवेदक सम्बन्धित विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको, नेपाली नागरिक भएको, दरखास्त दिने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्नेछ । यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका हकमा सम्बन्धित विषयमा विद्यावारिधि भएको हुनुपर्नेछ ।

आवेदकले सोचपत्र (भिजन पेपर) र रणनीतिक कार्ययोजना (स्ट्राटेजिक एक्सन प्लान अफ युनिभर्सिटी) पेस गर्नुपर्नेछ । आवेदकमध्ये १० उम्मेदवारको अल्पसूची प्रकाशन हुनेछ । सोचपत्र र रणनीतिक कार्ययोजनाको एक जनाभन्दा बढी विज्ञबाट मूल्यांकन गराइनेछ । विज्ञबाट मूल्यांकनपश्चात् शिलबन्दी गरी गोप्यरुपमा अभिलेख राखी आवेदकको प्रस्तुतीकरण तथा अन्तर्वार्ता गरी समग्र १०० प्राप्तांकमा मूल्यांकन गरिनेछ । एउटा उम्मेदवारले बढीमा दुई विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिन सक्नेछ ।

0 Comments