२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यादेश प्रक्रिया र सरकारको कार्यशैलीप्रति गगन थापाको आलोचना, कानुनी शासनमा प्रश्न उठाएको टिप्पणी

अ+ अ-

काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई लिएर नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन्। 

उनले कानुनी प्रक्रिया र संस्थागत अभ्यासलाई बेवास्ता गर्दै सरकार अघि बढेको संकेत गर्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

नेपाल ट्रेड युनियनको एक कार्यक्रममा बोल्दै थापाले अध्यादेश ल्याउने अधिकार सरकारसँग भए पनि त्यसको प्रयोग निश्चित प्रक्रिया र मापदण्डभित्र हुनुपर्ने बताए। उनले वर्तमान अभ्यासले कानुनको शासन कमजोर बनाउने जोखिम देखिएको टिप्पणी गरे।

थापाले सरकारको व्यवहारलाई संकेत गर्दै कानुन परिवर्तन गर्ने अधिकारलाई मनोमानी ढंगले प्रयोग गर्ने प्रवृत्ति देखिएको उल्लेख गरे। उनका अनुसार, कानुनी संरचनाभित्र रहेर निर्णय गर्नुपर्ने सट्टा मनपरी शैलीले काम भइरहेको आभास मिलिरहेको छ, जसले सुशासनमा असर पार्ने उनले बताए।

उनले अध्यादेश ल्याउने अभ्यासलाई पूर्ण रूपमा अस्वीकार नगरे पनि यसको प्रयोग आवश्यकताको आधारमा र संवैधानिक सीमाभित्र हुनुपर्नेमा जोड दिए। विगतमा पनि विभिन्न सरकारले आवश्यक अवस्थामा अध्यादेश ल्याएको उदाहरण रहेको उल्लेख गर्दै उनले त्यसको वैधानिक आधार र औचित्य स्पष्ट हुनुपर्ने बताए।

कार्यक्रममा उनले भदौ २४ को घटनासम्बन्धी छानबिनका लागि आयोग गठन गर्ने भनिए पनि पछि प्रक्रिया अघि नबढाइएको विषयप्रति पनि प्रश्न उठाए। प्रारम्भमा घोषणा गरिएको छानबिन प्रक्रिया कार्यान्वयन नभएकोमा उनले असन्तुष्टि जनाएका हुन्।

थापाले राज्य सञ्चालन मनोमानी निर्णयका आधारमा नभई विधि, प्रक्रिया र जवाफदेहिताका आधारमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।

0 Comments