२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीद्वारा तीन लाख १८ हजार बराबरको भन्सार छलीका सामान बरामद

अ+ अ-

सुनसरी । भारतीय बजारबाट भन्सार छली गरेर ल्याइएका रु. तीन लाख १८ हजार छ बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ ।

भन्सार जाँचका क्रममा सशस्त्र प्रहरी बल नेपाल नं ४ गण सुनसरीले उक्त मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीले विशेष निगरानी तथा गस्ती अभियानका क्रममा भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्र्याइएका सामग्री नियन्त्रणमा लिएको जानकारी दिए । लत्ताकपडा, कस्मेटिक सामग्री, किराना सामान तथा रजनीगन्धालगायत वस्तु नियन्त्रणमा लिइएको उनले बताए । उनका अनुसार बरामद गरिएका सम्पूर्ण सामग्री आवश्यक कारबाहीका लागि आजै भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजमा बुझाइएको छ ।

लागु औषधसहित दुई जना पक्राउ
सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–३ स्थित सखुवागाछीबाट आज लाग औषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१ का १६ वर्षीय युएन लिम्बू र १८ वर्षीय आशिष वन्तवा राई रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पक्राउ परेकाको साथबाट पाँच दशमलव ३५ ग्राम ब्राउन सुगर बरामद गरिएको उनले जानकारी दिए ।

गोप्य सूचनाका अधारमा लौकहीबाट इटहरीतर्फ जाँदै गरेको को२५प ५०५५ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चेकजाँच गर्दा हेलमेटभित्र लुकाएर ल्याइएको ब्राउन सुगर बरामद भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । पक्राउ परेकाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 Comments