काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले १७ वैशाखका लागि प्रदेश सभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) आह्वान गरेका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेशका प्रमुख मियाँले १७ वैशाख अपराह्न ४ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।
अधिवेशन आह्वानसम्बन्धी सिफारिस पत्र बुझाउन प्रदेश प्रमुखको धनगढीस्थित निवास पुगेका मुख्यमन्त्री र प्रदेश प्रमुखबीच समसामयिक विषयमा छलफलसमेत भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।







