२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘युट्युब’ हेरेर सीप, ‘फेसबुक-टिकटक’ बाट बजारीकरण

अ+ अ-

म्याग्दी । मालिका गाउँपालिका-५ देवीस्थानकी अस्मिता सिउथानी कपडाको डिजाइन र सिलाई कटाइसम्बन्धी सीप सिकेर आत्मनिर्भर बनेकी छिन् । 

उनले बेनीको संगमचोकमा सञ्चालन गरेको अस्मिता टेलरिङ सेन्टरमा आफ्नै डिजाइनमा झोला तयार पार्नुका साथै सिलाई कटाइसम्बन्धी काम गर्दै आएकी छिन् । ग्राहकको मागअनुसार विभिन्न प्रकारका झोला, कुर्ता सुरुवाल, साडी र ब्लाउज तयार पार्न थालेपछि सिउथानीको व्यवसाय फस्टाएको छ । 

उनले फुर्सदको समय सदुपयोग गर्न सिकेको सिलाई कटाइसम्बन्धी व्यवसायमा फस्टाउन सामाजिक सञ्जालले निकै सघाउ पुगेको उनले बताइन् । “युट्युब हेरेर झोला र लेडिज कपडाको डिजाइन गर्न सकेको र थालेकी हुँ” सिउथानीले भनिन्, “ग्राहकको रोजाइअनुसार कपडा र झोला तयार पार्ने र सामाजिक सञ्जाल ‘फेसबुक र टिकटक’ बाटै बजारीकरण गर्दै आएकी छु ।”

काठमाडौँ, पोखराबाट कपडा ल्याएर उनले महिला, विद्यार्थी र पदयात्रीलाई लक्षित गरी झोला तयार पार्नुहुन्छ । झोलालाई आकारअनुसार प्रतिगोटा रु. एक हजार २०० देखि रु. एक हजार ७०० सम्ममा बिक्री गरिरहेको सिउथानी जानकारी दिइन् ।  

“बेनी बजारसहित म्याग्दीका ग्रामीण क्षेत्रका साथै पोखरा, काठमाडौँ र विदेश जानेहरूले पनि झोला मन पराउने गरेका छन्”, उनले सुनाइन्, “विसं २०७४ मा सिलाई कटाइ व्यवसाय सुरु गरेकी थिए । पछिल्ला केही वर्षयता डिजाइनमा लागिरहेकी छु ।” 

यसबाट ‘सिजन’मा मासिक रु. एक लाख ५० हजारदेखि रु. दुई लाखसम्म आम्दानी हुने गरेको छ । “मागअनुसार झोला र कपडा बनाउन थालेपछि बजारमा प्रतिस्पर्धा कम भएको छ । पछिल्लो समय त काम छैन भनेर बस्नुपरेको छैन”, सिउथानीले भनिन्, “दैनिक कारोबार त भइरहेकै छ । सीप सिक्न चाहनेलाई पनि सिकाइरहेकी छु । यसले पैसा र सन्तुष्टि दुवै मिलिरहेको छ ।”

उनलाई एकीकृत सेवा कार्यालय र प्रदेश सरकारले व्यवसाय सञ्चालनका लागि औजार खरिदमा सहयोग गरेको छ । यसले काम गर्न सहज र थप हौसला मिलेको सिउथानीले बताइन् ।

0 Comments