२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी सैनिकलाई कारबाही गर्न राष्ट्रसंघलाई इरानको आग्रह

अ+ अ-

तेहरान (इरान) । संयुक्त राष्ट्रका लागि इरानी राजदूत अमिर सइद इरवानीले अमेरिकी सैनिकले इरानी सार्वभौमसत्ताको  उल्लंघन गरेको विषयको निन्दा गर्दै संयुक्त राष्ट्रसंघलाई अमेरिकी सैनिकलाई कारबाही गर्न आग्रह गरेका छन् । 

उनले अमेरिकाले संयुक्त राष्ट्रको बडापत्रको धारा– २, अनुच्छेद ४ को उल्लंघन गर्दै आतंकवाद घोषणा गरेको बताए छन् । 

 उनले अवैध नाकाबन्दीले समुद्र सम्बन्धी अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको बताएका छन्। इरानी बन्दरगाहहरूमा आउने र जाने समुद्री यातायात रोक्ने प्रयास गरेर, अमेरिकाले इरानको सार्वभौम अधिकारको प्रयोगमा हस्तक्षेप गरिरहेको र अन्तर्राष्ट्रिय कानून अनुसार तेस्रो राज्यहरूको अधिकार र वैध समुद्री व्यापारको उल्लंघन गरिरहेको पत्रमा उल्लेख गरिएको छ ।

इरानले अमेरिकाको अवैध कार्यलाई अस्वीकार र निन्दा गर्दै आफ्नो सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राष्ट्रिय हितहरूको रक्षा गर्न आवश्यक उपायहरू गर्ने आफ्नो “अन्तर्निहित अधिकार“ राख्ने बताएको छ ।

उनले अमेरिकाले अन्तर्राष्ट्रिय रूपमा गैर जिम्मेवार पूर्ण कार्य र क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गलत प्रभावहरू लगायत यसका सबै परिणामहरूको लागि पूर्ण जिम्मेवारी वहन गर्नु पर्ने बताएका छन् । 

तत्काल अन्तर्राष्ट्रिय हस्तक्षेपको आह्वान गर्दै, इरानी दूतले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई नाकाबन्दीको निन्दा गर्न र तनाव रोक्न कदम चाल्न आग्रह गरेका छन् । 

इरवानीले संयुक्त राष्ट्र संघलाई सम्बोधन गर्दै लेखेको पत्रमा इरान विरुद्ध अमेरिकाको निरन्तर अन्तर्राष्ट्रिय कानूनको उलङ्घन गरेको विषय उजागर गरेका छन् । 

यसैबीच, अमेरिकी सेनाले हाल मध्य पूर्वमा कम्तिमा १५ वटा लडाकु जहाजहरूको उपस्थिति कायम राखेको छ, राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश पछि सेनाले इरानको बन्दरगाहहरूको समुद्री नाकाबन्दीमा भाग लिन सक्ने अमेरिकी अधिकारीलाई उदृत गर्दै सिएनएनले रिपोर्ट गरेको छ ।

यस अघि पाकिस्तानमा भएको वार्तामा कुनै सहमति हुन नसकेपछि अमेरिकी राष्ट्रपतिले इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएको जनाइएको छ । 

0 Comments