२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

अ+ अ-

दोधारा चाँदनी(कञ्चनपुर) । कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

पालिकाले धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ दिन लागेको हो ।

पालिकाका कृषि अधिकृत दशरथ साउदका अनुसार चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उन्नत धानको बीउ वितरणका लागि कृषि समूह, सहकारीमार्फत किसानलाई उपलब्ध गराउने तयारी गरिएको छ ।

“हामीले सूचना आह्वान गरेका छौँ । आएका निवेदनका आधारमा किसान छनोट गरेर बीउ उपलब्ध गराउँछौँ”, उनले भने, “उनन्त धानको बीउबाट उत्पाकत्वमा वृद्धि हुने अपेक्षा छ ।” उनले किसानले पचास प्रतिशत व्यहोर्ने गरी पालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरले पनि धानको बीउ उत्पादनका लागि किसानलाई पचास प्रतिशत अनुदान दिन लागेको छ । केन्द्रका प्रमुख हरिप्रसाद पनेरुका अनुसार कृषि समूह, फार्म, सहकारीमार्फत किसानलाई उक्त अनुदान उपलब्ध गराउन लागिएको हो ।

कार्यालयले आगामी वैशाख ३ गतेभित्र आवेदन दिन किसानलाई आह्वान हरेको छ । पछिल्लो समय व्यवसायिक रूपमा कृषिमा लागेका किसानका लागि प्रदेश सरकार र स्थानीय पालिकाबाट अनुदान उपलब्ध हुँदै आएको छ ।