काठमाडौँ। प्रतिनिधि सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ। दिउँसो २ बजे बस्ने पहिलो बैठकमा विभिन्न दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
आजको बैठकमा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन नगर्ने र उनको सट्टा नेता वर्षमान पुनले सम्बोधन गर्ने जानकारी सो पार्टीले दिएको छ। पार्टीका कार्यालय सचिव गोविन्द आचार्यका अनुसार बैठकमा पुनले धारणा प्रस्तुत गर्नेछन्।
२१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सांसदहरूको सहभागितासहित अधिवेशन प्रारम्भ हुन लागेको हो। विगतको अभ्यासअनुसार अधिवेशनको प्रारम्भिक बैठकमा प्रमुख दलका नेताहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने गर्छन्।







