२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बंगलादेशसँग पराजित भएसँगै साफ यू-२० च्याम्पियनसिपबाट बाहिरियो नेपाल 

अ+ अ-

काठमाडौँ । नेपाल साफ यू-२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ । बुधबार भएको सेमिफाइनलमा बंगलादेशसँग १-० ले पराजित हुँदै नेपाल फेरिपनि स्तब्ध बन्यो । गत संस्करणको सेमिफाइनलमा पनि नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

सेमिफाइनलमा बंगलादेशको जितमा १०औं मिनेटमा एमडी मानिकले गरेको गोल निर्णायक बन्यो । नेपालले गोल गर्ने अवसरहरू सिर्जना गरे पनि गोल गर्न सकेन । बंगलादेशले अब उपाधिका लागि भारत र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

उमेर समूहमा नेपालले दुई र बंगलादेशले एक-एक पटक उपाधि जितेका छन् । तर पछिल्ला संस्करणहरुमा बंगलादेश नेपालका लागि चुनौती बन्दै आएको थियो ।

सन् २०२४ मा नेपालमै भएको साफ यू-२० मा बंगलादेशले नेपाललाई फाइनलमा हराएर उपाधि जितेको थियो । त्यसबेला समूह चरणमा नेपालले बंगलादेशलाई पराजित गरे पनि फाइनलमा भने त्यही नतिजा दोहोर्‍याउन नेपालले सकेन ।

यस पटक माल्दिभ्स जानुअघि नेपाल यू-२० टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पनि सर्वाधिक चार पटकको च्याम्पियन भारतसँगै बंगलादेश नै कठिन प्रतिद्वन्द्वी भएको बताएका थिए ।

उपाधि जित्ने लक्ष्य बनाएर माल्दिभ्स पुगेको नेपालको यात्रामा फेरि एक पटक बंगलादेश नै बाधक बन्यो । यस उमेर समूहमा नेपालले सुरुवाती दुई संस्करणमा च्याम्पियन बनेपछि उपाधि जित्न सकेको छैन ।

त्यसपछि भारतले २०१९ देखि २०२३ सम्म लगातार तीन पटक जित्दै उपाधिमा ह्याट्रिक गरेको थियो भने २०२४ मा बंगलादेशले जित्दा २०२५ मा फेरि भारत नै च्याम्पियन भएको थियो ।

२०२५ कै समूह उपविजेता भएर सेमिफाइनल पुगेको नेपाल सेमिफाइनलमा बंगलादेशसँग २(१ ले पराजित हुँदा फाइनल पुग्न सकेन ।