२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री पोखरेलको प्रतिबद्धता : शिक्षा सुधारदेखि युवा-खेलकुद रूपान्तरणसम्म प्राथमिकता

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहणपछि शिक्षा प्रणाली सुदृढीकरण, वैज्ञानिक सोचको विकास र युवा शक्तिको सशक्तीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै एकैसाथ दुई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी तथा नेपाल सरकारको प्रवक्ताको भूमिका प्राप्त हुनु अवसर र चुनौती दुवै भएको बताएका छन् । उनले उक्त जिम्मेवारीप्रति प्रधानमन्त्री, आफ्नो दल र सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।

उनले शिक्षा क्षेत्रलाई गुणस्तरीय, समावेशी र नवप्रवर्तनमुखी बनाउने, विद्यार्थी, शिक्षक र अनुसन्धानकर्ताको अपेक्षा सम्बोधन गर्ने तथा प्रविधिमैत्री समाज निर्माणतर्फ अघि बढ्ने उल्लेख गरेका छन् । साथै, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै वैश्विक प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादनमा जोड दिने बताएका छन् ।

युवा तथा खेलकुद क्षेत्रतर्फ युवाहरूको ऊर्जा र सृजनशीलतालाई उद्यमशीलता, रोजगारी र नेतृत्व विकासमा परिचालन गर्ने तथा खेलकुद क्षेत्रको व्यावसायिक विकास, प्रतिभा पहिचान र अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति सुदृढ बनाउने लक्ष्य रहेको उनले जनाएका छन् ।

मन्त्री पोखरेलले पारदर्शिता, उत्तरदायित्व र राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै संवाद, सहकार्य र समन्वयमार्फत समग्र क्षेत्रको रूपान्तरणमा समर्पित रहने बताएका छन् ।