काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले हिजो मंगलवार बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ५ जनाविरुद्ध गैर कानुनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।









