२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार

अ+ अ-

काठमाडौँ । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पोमा रु एक करोड २२ लाखको आर्थिक कारोबार भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले भृकुटीमण्डपमा यही चैत पाँच गतेदेखि सुरु भएको मेलामा आइतबारसम्ममा कूल ६० हजार ७०० जनाले अवलोकन गरेका छन् । रु एक करोड २२ लाख ६० हजार बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।

फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईंका अनुसार पहिलो दिन नौ हजार ५०० जनाले अवलोकन गरेका थिए भने रु २१ लाख ५० हजार बराबरको कारोबार भएको थियो । दोस्रो दिन १७ हजार ५०० दर्शकको सहभागिता रु २९ लाख ५० हजार कारोबार भएको थियो ।

तेस्रो दिन २१ हजार ५०० दर्शकले मेला अवलोकन गरेका थिए भने रु ३९ लाख ८० हजार बराबरको कारोबार भएको थियो । अन्तिम दिन आइतबार १२ हजार २०० जना दर्शकले मेला अवलोकन गर्दा रु ३१ लाख ८० हजार कारोबार भएको थियो ।

‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित चैत ५ गतेदेखि सुरु भएको मेला आइतबार सकिएको हो । मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक दुई, फुड दुई, ल्याण्डस्केप एक, सेल्फी एक तथा बीवाइडी ईभी कारसहित गरी कूल ८३ वटा स्टल रहेका थिए ।

प्रदर्शनीमा सहभागी व्यवसायीले उत्पादन गरेका फूल तथा बिरुवाहरू विभिन्न विधामा प्रतिस्पर्धामा समावेश गरिएको बजगाईंले जानकारी दिए ।

हाल देशभर ५२ जिल्लामा २७० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा रु आठ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको र करिब ५३ हजार ५०० भन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएको तथ्यांक छ ।

पछिल्लो समय विदेशी फूलको आयातमा भने उल्लेख्य गिरावट आएको छ । अघिल्लो वर्ष रु २७ करोड ७९ लाख बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा यस वर्ष ५४.२७ प्रतिशतले घटेर रु १२ करोड ७० लाखमा सीमित भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । निर्याततर्फ भने १०९.१६ प्रतिशतले वृद्धि भई रु दुई करोड १३ लाख पुगेको छ ।