२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

अ+ अ-

ढोरपाटन (बागलुङ) । चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ । बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न थालिएको हो ।

गण्डकी प्रदेशले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङमार्फत तटबन्धन तथा नदी नियन्त्रण गर्न थालिएको हो । गत वर्ष २५ स्थानमा तटबन्ध गरिएको थियो । यस वर्ष बागलुङ नगरपालिकाको दुई, गलकोट नगरपालिकाको ६, बडिगाड गाउँपालिकाको तीन, ढोरपाटन नगरपालिकाको एक र बरेङ गाउँपालिकाको दुई स्थानमा तटबन्ध गर्न थालिएको हो ।

रु एक करोड ३० लाख लागतमा १४ स्थानमा तटबन्ध गरिने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी सुवोध नेपालले जानकारी दिए । उनका अनुसार बागलुङ–३ सिगाला र वडा नं १२ गङ्गेखाल्टामा तटबन्ध गरिने छ । सबैभन्दा बढी तटबन्ध गलकोटमा हुँदै छ । गलकोट–५ मा खहरेखोला, वडा नं ९ को दरमखोला, वडा नं ३ गौदीखोला र दरमखोला, वडा नं २ को नरेठाँटीखोला र वडा नं ११ को काउछेरिगमा तटबन्ध गर्न थालिएको छ ।

बडिगाड गाउँपालिका–५ र ६ मा बडिगाड खोला तथा खहरेखोला, ढोरपाटन–५ स्थित भुजीखोलामा तथा बरेङ गाउँपालिका–२ स्थित हुग्दिखोलाको दुई स्थानमा तटबन्ध गरिने सूचना अधिकारी नेपाल बताउँछन् ।

उनले भने, “प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट १४ स्थानमा बस्ती संरक्षण गर्नेगरी तटबन्धको काम सुरु भएको छ, अधिकांश योजनाको सम्झौता गरेर काम अगाडि बढेका छन्, केही योजना सम्झौताकै चरणमा रहेका छन् ।”

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बर्खामा साना तथा ठूला खोलामा पानीको सहत बढ्दा बस्ती नै जोखिममा परेको हुँदा पछिल्लो केही वर्षदेखि बस्ती संरक्षणको काम गर्दै आएको बताए । नगरपालिका र प्रदेश सरकारको लगानीमा दरमखोला तथा गौदीलोखाको विभिन्न क्षेत्रमा तटबन्धनको काम गर्दै आएको उनको भनाइ छ । प्रदेश सरकारको लगानीमा यस वर्ष गलकोटमा रु ५५ लाखको लागतमा ६ तटबनध गर्न थालिएको छ ।