काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा बसेको उक्त बैठकमा संगठनभित्रका समसामयिक विषयहरूमा छलफल भइरहेको छ।
बैठकमा पार्टी सभापति गगनकुमार थापाले दिएको राजीनामा तथा हालै सम्पन्न निर्वाचनको समीक्षा मुख्य एजेन्डाका रूपमा उठाइएको छ। सहमहामन्त्री उदय शमशेर जबराका अनुसार बैठकमा छलफलका लागि दुई वटा लिखित प्रस्ताव प्रस्तुत गरिएका छन्।
आजको बैठकमा सभापति थापा स्वयं भने उपस्थित भएका छैनन्। बैठक उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सञ्चालन भइरहेको जनाइएको छ।








