काठमाडौँ । पदोन्नति प्राप्त प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सुशोभन कार्यक्रम सम्पन्न भएको छ।
मेट्रोपोलिटन ट्राफिक प्रहरी डिभिजनअन्तर्गत ट्राफिक प्रहरी प्रभाग गौचरणमा कार्यरत प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नति भएका जीवन बस्नेतलाई औपचारिक रूपमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले पदोन्नति भएका बस्नेतलाई दर्ज्यानी चिन्ह लगाइदिई सम्मान गरेका थिए।
सो अवसरमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई उनले बधाई तथा शुभकामना दिँदै आ–आफ्नो जिम्मेवारीलाई थप प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेश अनुसार आयोजित उक्त कार्यक्रममा पदोन्नति भएका प्रहरी कर्मचारीलाई शुभकामना व्यक्त गर्दै संगठनभित्र अनुशासन, कार्यक्षमता र सेवा भावलाई अझ सुदृढ बनाउन जोड दिइएको जनाइएको छ।







