२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हलेसी तुवाचुङमा हावाहुरीबाट क्षतिग्रस्त घरलाई नगरपालिकाको सहयोग, जस्ता वितरण गरिने

अ+ अ-

काठमाडौँ । खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकामा आएको हावाहुरीबाट प्रभावित परिवारलाई स्थानीय तहले राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। घरको छाना पूर्ण रूपमा क्षति पुगेका घरधुरीलाई जस्ता पाता वितरण गर्ने तयारी नगरपालिकाले गरेको हो।

नगरपालिकाको विवरणअनुसार गत चैत २ गते साँझ आएको हावाहुरीका कारण ५२ वटा घरमा गम्भीर क्षति पुगेको छ। प्रभावितमध्ये वडा नं. १ बाहुनीडाँडामा १२, वडा नं. २ डिकुवामा ४, वडा नं. ३ च्यास्मीटारमा २८, वडा नं. ८ धितुङमा ३ र वडा नं. ११ राजापानीमा ५ घरधुरी रहेका छन्।

हावाहुरीले घरको छाना उडाएपछि धेरै परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन्। यस अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले विपद् व्यवस्थापन कोषमार्फत जस्ता खरिद गरी वितरण गर्ने योजना बनाएको छ। घरको आकारअनुसार जस्ता उपलब्ध गराइने बताइएको छ।

थप राहत व्यवस्थापनका लागि चैत ९ गते बस्ने हिउँदे नगरसभाबाट बजेट संशोधन गर्ने तयारी गरिएको छ। तत्कालीन राहतस्वरूप ३१ घरपरिवारलाई त्रिपाल वितरण भइसकेको जनाइएको छ।

यसैबीच, हावाहुरीका कारण घरविहीन बनेका तीन परिवारलाई स्थायी आवास निर्माणका लागि ढुंगामाटो प्रयोग गरी घर बनाउने सहयोग गरिने नगरपालिकाले जनाएको छ।

शैक्षिक पूर्वाधारमा पनि हावाहुरीले असर पुर्‍याएको छ। बाहुनी डाँडा, च्यास्मीटार र जापानी क्षेत्रका विभिन्न विद्यालयहरूको छाना उडाएर क्षति पुर्‍याएको विवरण सार्वजनिक गरिएको छ।